इन्टरनेटमा धम्की दिने फुटबल फ्यान फक्राउ..

प्रकाशित मिति
0
76
eastern vs ava
इस्टर्न र एभाग्रान्ड गत फेब्रुअरीमा भिड्दा ७-० ले चीनको टोली विजयी भएको थियो

अनलाइनमा प्रतिद्वन्द्वी टोलीको समर्थकलाई पिट्ने र टोलीको जर्सी जलाइदिने धम्की दिएको अभियोगमा हङकङको जोर्डनबाट ३१ वर्षे एक फुटबलप्रेमी चिना पक्राउ परेका छन् । प्रमाणको लागि उनको चाइवान स्थित घरबाट कम्प्युटर र मोबाइल फोन जफत गरियो ।

 

हङकङको क्लब इस्टर्न लङ लायन्स र चीनको ग्वाङजो एभरग्रान्ड बीच आउँदो मंगलबार मंकोक स्टेडियममा हुने प्रतिश्पर्धाको टिकट नपाएको झोँकमा उनले त्यसखाले अभिब्यक्ति दिएका थिए । उक्त गेमको टिकट फेब्रुअरीमा जारी भएको केही घन्टामै सबै बिक्री भएको थियो । विपक्षी टोलीका समर्थकको लागि धेरै टिकट खटाइएको भन्ने उनको आरोप थियो ।

 

कम्प्युटरको दुरुपयोगको शीर्षकमा रहने यसखालको अपराधको लागि हङकङको कानुनमा ५ सालसम्मको जेल सजायको ब्यवस्था रहेको बताइन्छ । हामी पनि रिसको झोँकमा जथाभावी स्ट्याटस् वा कमेन्ट गर्नबाट सम्हालिऔं है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here