आमालाई विष खुवाउने छोरा पक्राउ…

0
4

विष खुवाएर ६० वर्षे आमालाई मार्ने षड्यन्त्र गरेको भन्दै गत शुक्रबार प्रहरीमा रिपोर्ट परेपछि शनिबार अभियुक्त छोरालाई तिन सु वाई को तिन यात स्टेटबाट पक्राउ गरिएको छ ।

गत मे १६ तारीख अभियुक्तले आमाले पिउने सुपमा मुसा मार्ने औंषधी हालिदिएको आशंका गरिएको छ । सुप पिएर बिरामी परेकी उनलाई अस्पताल लगिएपछि अस्पतालले अनुसन्धानको लागि प्रहरीलाई रिपोर्ट गरेको थियो ।

३० वर्षे अभियुक्त र उनकी आमाबीच आपसी सम्बन्ध राम्रो नरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here