आफ्नो योजनामा क्यारी लामले कस्तो मिठाई बाँड्ने भइन् त?

प्रकाशित मिति
0
1570

आज बिहान ११ बजे पूर्व नियोजित कार्यक्रम अनुसार विधान परिषदमा आफ्नो वार्षिक योजना घोषणा गर्न उपस्थित भएकी हङकङ प्रमुख क्यारी लाम विरोधीहरुले होहल्ला मच्चाएपछि विधान सभामा योजना प्रस्तुत गर्न असमर्थ भइन् ।उनको रेकर्डेड भिडियोद्वारा हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भयो ।

हङकङको राजनीतिक संकट र विषम परिस्थितिको कारण नीति कार्यक्रम तर्जुमा गर्न यथेष्ट समय नपाए पनि केही नयाँ योजनाहरु ल्याएको बताइन् ।

हत्तेरीलाई उल्लेख्य लागेका योजना निम्न छन् ;

*हङकङमा टड्कारो रहेको हाउसिङको समस्यालाई सम्बोधन गर्न अबदेखि पहिलो पटक घर किन्न लागेको परिवारले ४ मिलियनबाट बढाएर ८ मिलियन डलर सम्मको घरको लागि १०% मात्रै बुझाएर बाँकी मोर्गेज लिन सकिने घोषणा गरिन् । त्यस्तै होम ओनरसिप अन्तर्गत चिठ्ठा खुलाएर सहुलियतमा दिइने फ्ल्याट्को संख्या १२ हजार बनाइने पनि घोषणा गरेकी छिन् ।

** हङकङका किन्डर्गार्डेन, प्राइमेरी र सेकेन्डरीका विद्यार्थीहरुलाई वार्षिक रुपमा २५०० डलर भत्ता २०२०/२०२१ देखि दिइने घोषणा गरिएको छ ।

***यातायात सहुलियत अन्तर्गत ४ सय डलर भन्दा धेरै खर्च गरेमा २५% छूट दिइँदै आइएकोमा अबदेखि ३३% छूट दिइने बताइएको छ , यस्तो छूट बढीमा ४०० डलर सम्म पाइनेछ ।

योजनाको पूर्ण पाठ यता छ ।

लोकतन्त्र पक्षधर नेताहरुले क्यारी लामले केही गुलिया योजनाहरु देखाएर जनताहरुको मूल मुध्दा भुलाउन असफल प्रयास गरेको बताएका छन् भने बेइजिङ पक्षधर नेताहरुले पनि अहिलेको परिस्थितिलाई प्रभावकारी रुपमा सम्बोधन गर्ने योजना नभएको बताएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here