आफ्नै छोरी बलात्कार गर्नेलाई २१ साल जेल..

प्रकाशित मिति
1
237

high_court_2

आफ्नै छोरीलाई बारम्बार बलात्कार गर्ने नाम नखुलाइएका ६२ वर्षे हङकङे चिनियाँ अभियुक्तलाई आज बुधबार हङकङको हाइ कोर्टले २१ सालको जेल सजाय तोकेको छ । हाइकोर्टकी जजले “संसारकै घृणित प्राणी “को उपमा दिँदै नजिर बनोस् भन्ने हेतुले अभियुक्तलाई कठोर सजायँ दिइएको बताइन् ।
अभियुक्तले आफ्नी छोरीलाई ५ वर्षको उमेर देखि बलात्कार गर्नुको साथै उनको अश्लील फोटो र भिडियो पनि बनाएको आरोप लगाइएको थियो ।

हाल ९ वर्षकी पीडित बालिकाले आफ्नो बाबु विरुध्द सयौं पटक बलात्कार गरेको बयानको भिडियो कोर्टमा प्रस्तुत गरिएको थियो , बालिकाले उनलाई बाबु नभनेर ‘बदमास’ भनेर सम्बोधन गरेकी थिइन् । मेनल्यान्डर आमाले हङकङको आवासीय भिसा नपाएपछि २०११ देखि अभियुक्तले बलात्कारको सिलसिला सुरु गरेको बताइएको छ, उनले छोरीलाई खानपिन नदिएरै उनको अपराधको शिकार बन्न बाध्य तुल्याएका थिए ।

यो हङकङ – ठूलो शहर, धेरै मान्छे, अनेकन् चरित्र! यो शहरले आफ्नो झिलीमिली भित्रभित्रै कति पाशविकता पनि छिपाएर राखेको रहेछ, हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here