आन्दोलन पक्षधर नेता माथि सांघातिक हमला!

प्रकाशित मिति
0
753

आज साँझ ७ः४० बजे लोकतन्त्र पक्षधर सिभिल ह्युमन राइट्स फ्रन्टका संयोजक जिम्मी साम माथि मङ्कोकको आरन स्ट्रिटमा सांघातिक हमला भएको छ । आइतबार आयोजना गर्ने जुलुसको छलफलको लागि जाँदै गर्दा उनीमाथि ह्यामर बोकेका गैर चिनियाँ हमलाकारीले आक्रमण गरेको बताइन्छ । हमलापछि उनीहरु गाडी चढेर भागेको बताइन्छ ।

सिभिल ह्युमन राइट्स फ्रन्टले आव्हान गरेका शान्तिपूर्ण जुलुसहरुमा सर्वाधिक सहभागिता रहने गरेको छ । यसले आइतबार चिम सा चुई देखि वेस्ट काउलुन रेल वे स्टेसनसम्म जुलुसको आव्हान गरेको छ ।

जिम्मीलाई यस अघि २ महिना पहिले पनि जोर्डनमा आक्रमण गरिएको थियो । लोकतन्त्र पक्षधर नेताहरुले आक्रमणको निन्दा गर्दै पुलिसले आक्रमणकारीहरुलाई छूट दिएर श्वेत आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here