आन्दोलनकारी नेतामाथिको हमला बारे मुसलमान समुदायको विज्ञप्ति!

प्रकाशित मिति
0
1642

हिंजो लोकतन्त्र पक्षधर सिभिल ह्युमन राइट्स फ्रन्टका संयोजक जिम्मी साम माथि मङ्कोकको आरन स्ट्रिटमा सांघातिक हमला भएपछि ४-५ जना को संख्यामा आएका हमलाकारीहरु दक्षिण एसियाली मूलको भन्ने समाचार आएपछि हङकङका मुसलमान समुदायले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो समुदाय हङकङको जनताको साथमा रहेको र कुनै पनि हिंसाको विरोधमा रहेको जनाएको छ ।

कोङ वा अस्पतालमा उपचाररत जिम्मीले आफूले आक्रमणकारीहरुको अनुहार देख्न नसकेकोले उनीहरु कुन जातिका थिए भन्ने बताउन नसक्ने बताएका छन् । आन्दोलनकारीहरुको तर्फबाट एउटा ई- पर्चा छरिएको छ जसमा आफ्नो आन्दोलन अल्पसंख्यक जनजातिहरुको विरुध्द नभएको र उनीहरुको धार्मिक क्षेत्र , ब्यापारिक क्षेत्र र ब्यक्तिगत रुपमा कुनै प्रकारको हमला नगरिने सान्त्वना दिइएको छ ।

मुसलमानी भैयाहरुले त आफ्नो टाउको जोगाए, नेपालीहरुले पनि ‘बिग बुध्दको देशवासी हामी सबै प्रकारको हिंसाको हामी विरोध गर्छौं, हामी हङकङको जनताको साथमा छौं’ भनेर भन्ने बेला कहिले होला, हगि?

साह्रै ढंग आएन भने यो माथि muslim भनेको ठाउँमा नेपाली मात्रे लेख्दा पनि होला के रे!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here