आन्दोलनकारीको सूचना दिनेलाई सि वाई ले पुरस्कार दिने..

प्रकाशित मिति
0
1066

पूर्व हङकङ प्रमुख सि वाई ल्योङले घरायसी कामदारहरुलाई यदि आफ्नो रोजगारदातले आन्दोलनसँग सम्बन्धित वस्तुहरु घरमा राखेको पाए आफूलाई रिपोर्ट गर्न आव्हान गरेका छन् ।


घरमा आन्दोलनकारीले पहिरिने खाले पहिरन, ग्याँस मास्क, गगल्स, हेल्मेट लगायत पेट्रोल बम, गुलेली जस्ता सामान देखिए उनको वेबसाइट 803.hk मा रिपोर्ट गर्न उनले आफ्नो फेसबुक पोस्ट मार्फत गरेका हुन् । त्यसो गरेमा उचित नगद पुरस्कार दिइने उनले लेखेका छन् । ३ अगस्टमा चीनको झन्डा चिम सा चुईमा समुद्रमा फ्याँकिएपछि उनले त्यसै मितिलाई वेबसाइटको नाम राखेर आन्दोलन विरुध्द लागिपरेका छन् ।

फिलिपिनो कामदारहरुको युनियनकी अध्यक्षले भने ल्योङको त्यस्तो कार्यको निन्दा गरेकी छिन् । कामदार र रोजगारदाताबीच अविश्वासको स्थिति सिर्जना गर्ने काम गरेको भन्दै ल्योङको उक्त पोस्ट तत्काल हटाउन माग उनले गरेकी छिन्। त्यसो गर्दा रोजगारदाताको गोपनीयताको हक हनन हुने भन्दै ल्योङको लालचमा फँसेर गैरकानुनी काम नगर्न संपूर्णमा अनुरोध गरेकी छिन् ।

अर्काको घरमा काम गर्न बसेका कामदारलाई उनको रोजगारदाताको विरुध्द जासुसी गराउन खोज्नु पूर्व हङकङ प्रमुख जस्तो मान्छेलाई शोभा नदिनुपर्ने हो, होइन र?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here