आन्दोलनकारीको रेकर्ड चुहाएकोमा अस्पताल पनि विवादमा…

प्रकाशित मिति
0
502

हङकङका अस्पतालले आन्दोलनमा घाइतेँ भएर उपचार गराउन आउने ब्यक्तिहरुको सूचना प्रहरीलाई पास गरेको भन्ने बारेमा सरकारी अस्पतालहरुको कडा आलोचना भइरहेको छ ।

हस्पिटल अथोरिटी का कार्यकारी प्रमुख ल्योङ् पाक इन ले आज बिहिबार यसबारे छानबिन गर्न ३ सदस्यीय कार्य समिति गठन गरेको बताएका छन् ।
अस्पतालको बिरामीको रेकर्ड अनाधिकृत रुपमा हेर्न प्रहरीलाई छूट नभएको र जनताको मेडिकल रेकर्ड सुरक्षित रहेको विश्वास गर्न उनले आग्रह रहेका छन् ।

१२ जुनको आन्दोलनपछि अस्पतालबाटै प्रहरीले घाइतेँ प्रदर्शनकारीहरुलाई पक्राउ गरेपछि यो सवाल उठेको हो । प्रहरीले जम्मा ३२ जनालाई पक्राउ गरेकोमा
कति जनालाई अस्पतालबाट पक्राउ गरेको हो, त्यो खुलाएको छैन । चुनवानको यानचाई अस्पताल, याउ मा तेइको क्विन एलिजाबेथ र कोङ वा बाट प्रहरीले आन्दोलनकारीलाई समाएको बताइएको छ ।

प्रहरीले अनाधिकृत रुपमा अस्पतालको रेकर्ड हेरेको वा अस्पताल कर्मचारीले पुलिसलाई खबर गरेको बारे अनुसन्धान भइरहेको बताइन्छ ।

चीनमा तपाईँले के खानु भयो, के हग्नुभयो सबै सरकारलाई थाह हुन्छ (बिग डेटा को कमाल!) तर हङकङमा ब्यक्तिगत सूचनालाई पनि सम्पतिको रुपमा लिइन्छ,
नेपालमा जस्तो ३ पुस्ते खुलाएर भनिँदैन/लेखिँदैन । त्यसैले तपाईँबाट पनि कसैको जानकारी चुहावट त भइरहेको छैन, अथवा तपाईंको जानकारी कसैले चुहाइरहेको छ कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here