आन्दोलनकारीको भीडमा चोर…

प्रकाशित मिति
0
2474

मौकामा चौका हान्न भनेर आन्दोलनमा सामेल भएका ३८ वर्षे ताङ चोङ हाउलाई आज वेस्ट काउलुन कोर्टले ३ महिनाको जेल सजाय तोकेको छ ।

गत आइतबार अक्टोबर २० तारीख आन्दोलनकारीहरुले चीनको जियाओमी फोन कम्पनीलाई तारो बनाउँदै मंकोक स्थित दोकान तोडफोड गर्दा ताङले फोन चोरी गर्न लागेका थिए तर आन्दोलनकारीहरुले आफूहरु चोर नभएको र कसैलाई चोरी नगर्न चेतावनी दिँदा दिँदै पनि ३ वटा मोबाइल फोन चोर्न खोजेपछि आन्दोलनकारीहरुले उनलाई रेलिङमा बाँधेर छोडिदिएका थिए ।

पुलिस गस्तीले उनलाई फोनसहित बाँधी रहेको अवस्थामा भेटेपछि उनले आफूले चोरी गरेको स्वीकार गरेका थिए । ताङ पटके चोर भएको खुल्न आएको छ, उनलाई विगतमा १७ अभियोग लागेकोमा ९ वटा चोरीको रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here