आतंक फैलाउन खोजेको भन्दै चाइना डेलीको आलोचना…

प्रकाशित मिति
0
906

चीन सरकारको मुखपत्र मानिने चाइना डेलीले आफ्नो फेसबुक पेजमा आज सेप्टेम्बर ११ को दिन हङकङका आन्दोलनकारीहरुले आतंककारी हमला गर्ने जनाएको छ । यसै दिन सन २००१ आतंककारीहरुले अमेरिकाको न्युयोर्कमा ट्वीन टावरमा ध्वस्त पारे जस्तै, त्यस्तैखाले आक्रमण गर्ने बारे आन्दोलनकारीको ग्रुप च्याटमा छलफल चलेको भन्दै चाइना डेलीको उक्त पोस्टमा लेखेको बताइन्छ । आक्रमण क्यान्टोनिज भाषा नबोल्ने जातिलाई लक्षित गर्दै ग्याँस पाइप पड्काउने, डाँडाकाडामा डढेलो लाउने जस्ता आततायी कार्यक्रम गरिन लागेको लेखिएको बताइन्छ । प्रमाण स्वरुप चाइना डेलीले टेलिग्राम च्याटग्रुपको फोटो राखेको छ ।

फेसबुक पोस्ट पढ्ने धेरैले भने चाइना डेलीले बिना प्रमाण आतंक सिर्जना गर्न खोजेको आरोप लगाउँदै उक्त पोस्ट विरुध्द रिपोर्ट गरेका छन् । आन्दोलन समर्थक कतिपयले भने आन्दोलनकारीलाई बदनाम गराउन घुसपैठियाहरु मार्फत चीन सरकारले त्यसखाले काण्ड घटाउन सक्ने बारे सजग रहन पनि आव्हान गरेका छन् ।

चीन सरकारले चलाएको खबर पत्रिकाले यस्तो सनसनीपूर्ण सूचना जारी गरेको अवस्थामा अलिकति सजग त हुनैपर्छ होला , आखिर हामी पनि क्यान्टोनिज भाषी त होइनौं , हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here