आज शातिनको जुलुसमा १ लाख बढी सहभागी..

प्रकाशित मिति
0
267

आज शातिनमा १ लाख १० हजारको संख्यामा सरकारको विरोध गर्दै जनता जुलुसमा सहभागी भएको समाचार छ ।

एडमर्ल्टी क्षेत्र छाडेर आन्दोलन अन्य क्षेत्र सार्ने क्रममा गत हप्ता चिम सा चुई मा प्रदर्शन गरिएको थियो ।
आन्दोलनकारीहरुलाई शातिन निवासीहरुले बिल्डिङबाट छाता, पानी, खानेकुरा खसाल्दिएर सहयोग गरेको बताइन्छ ।

साँझ ५ बजेदेखि आन्दोलनकारी र पुलिस बीच झडप सुरु भएको बताइन्छ । उनीहरुले न्यु टाउन प्लाजाको माथिल्लो
तलाबाट पुलिसमाथि वस्तुहरुले हिर्काएको बताइन्छ । पुलिसले भीडलाई तितर बितर पार्ने मरिच स्प्रे गरेको बताइन्छ ।

आयोजकले जुलुस सवा ७ बजे समाप्त भएको घोषणा गरेको बताइन्छ ।

क्यारी लामको असावधानीपूर्ण कदमले हङकङलाई हाल राजनैतिक अस्थिरता र अन्यौलतामा धकेलिदिएको छ, जसको गंभीर असर आर्थिक र सामाजिक जनजीवनमा परिरहेको छ । यस अघि उनको नेतृत्व कौशलताले गर्दा आइरन लेडी (लौह महिला) को रुपमा परिचित लामलाई हाल लेम डक (लंगडी हाँस) भनिने थालिएको छ। सुपुर्दगी कानुनलाई मृत घोषित गरेकी क्यारी लामलाई कानुन खारेज भएको घोषणा गर्न किन यति मुश्किल परेको होला, अचम्म छ बा!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here