आज पनि रेल सेवा साँझ ८ बजे सम्म मात्रै

प्रकाशित मिति
0
1506

आज पनि रेल सेवा साँझ ८ बजे सम्म मात्रै चालु रहने बताइन्छ ।

एयरपोर्ट एक्सप्रेस बाहेकका सेवाहरु एम टि आर मर्मत कार्यको लागि हिंजो जस्तै आज पनि बन्द रहने एम टि आर कम्पनीले जनाएको छ ।
चलिरहेको आन्दोलनमा क्षति पुगेका कारण हालसम्म मंकोक, कुन्तोङ, चुङ क्वान ओ, हाङ हाउ, शातिन वाई, चेङ कुङ टेम्पल, सेक मुन गरी ७ वटा स्टेसन बन्द रहेका छन् ।
दंगाग्रस्त क्षेत्रमा सेवा बन्द गर्ने नीति अवलम्बन गरेपछि एम टि आर आन्दोलनकारीको तारो बन्दै आएको छ ।

हाल सम्म १२ हजार छेकाबार, ८ हजार टिकट मेसिन र ९०० वटा सिसिटिभी , ४० लिफ्ट र ७० वटा सटरमा क्षति पुगेको एम टि आर ले जनाएको छ । तोडफोड गर्ने विरुध्द कानुनी कार्यवाही अगाडि बढाउने कुरामा छलफल भइरहेको एम टि आर ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here