आज पनि प्रदर्शनी, हङकङ प्रमुखलाई ज्यान मार्ने धम्की!

प्रकाशित मिति
0
1710

हिजो रातिदेखि नै विद्यार्थी लगायता पेशागत संस्थाका सदस्यहरु एडमर्ल्टी स्थित विधान परिषद आसपासमा भेला भएर आज तय गरिएको प्रस्तावित कानुन पाठको विरोध गरिरहेका छन् । आज हजारौंका संख्यामा उपस्थिति रहेको बताइन्छ । प्रहरीले सुरक्षाको कडा प्रबन्ध गर्दै आसपासका क्षेत्रमा प्रवेश निषेध गरेका छन् भने प्रदर्शनकारीहरुलाई हट्न आव्हान गर्दै हिंसात्मक गतिविधि नगर्न चेतावनी दिइरहेका छन् । आजको लागि ५ हजार प्रहरी खटाइएको बताइन्छ ।

हिजो हङकङ प्रमुख क्यारी लामको अफिसमा फोन गरेर उनलाई वा उनको परिवारलाई ज्यान मार्ने धम्की दिइएको समाचार छ । उनको राजीनामाको माग गर्दै २४ घन्टाभित्र सुपुर्दगी कानुन प्रस्ताव फिर्ता नलिए हमला गर्ने भनी अज्ञात ब्यक्तिले कल गरेको बताइन्छ । उनलाई ९ पटक यस्तो खाले फोन आएको बताइन्छ । यस्तै फोन कानुन सचिव टेरेसा चेङलाई पनि आएको बताइन्छ । कल बारे पुलिसले अनुसन्धान गरिरहेको बताइन्छ ।

आराजनीतिक आस्थाका कारण चीनबाट अपराधी करार दिई सुपुर्दगी हुनुपर्ने आशंकामा आम नागरिकलाई बढी भएको भन्ने बुझिएको यस अवस्थामा हङकङ प्रमुखलाई नै ज्यानको धम्की आउनुले कानुनले प्रत्यक्ष असर पार्ने भनिएका अपराधीहरूको पनि सातोपुत्लो उडेको इंगित गरेको छ । यहाँ स्मरणीय के पनि छ भने गत शनिबार अपराधी गिरोहमा संग्लन एक ब्यक्तिले हङकङका दुई पुलिस स्टेसनमा पेट्रोल बम प्रहार गरेका थिए । उनको गाडीबाट लागु औंषध समेत फेला पारिएको भनिएको अभियुक्तले आक्रमण गर्नुको कारण भने बताएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here