आगलागीमा २३ वर्षे युवतीको मृत्यु..

प्रकाशित मिति
0
2914

आज बिहान करीब साढे ४ बजे ताइ वाइको फुङ सिं कोर्टमा आगलागी हुँदा एक २३ वर्षे युवतीको मृत्यु भएको छ भने उनको ६० वर्षे बाबु र ५० वर्षे आमा घाइतेँ भएका छन् ।

९ तलामा रहेको उनको फ्ल्याटमा आगलागी हुँदा उनको मृत्यु हुन पुगेको थियो । बिहान सबेरै एक्कासी गुहार सुनेर छिमेकीले आगो निभाउनको लागि बिल्डिङमा राखिएको पाइप चालु गर्दा पाइपबाट पानी नआएको बताइएको छ । घटना रिपोर्ट गरिएको ५ मिनेटमा घटनास्थलमा पुगेका दमकहरुलाई आगो नियन्त्रणमा लिन लगभग १ घन्टा लागेको बताइन्छ ।

उनीहरुले १० जनालाई सुरक्षित उध्दार गरेका थिए भने ६०० जना आफै सुरक्षित स्थान तर्फ लागेका थिए । आगलागीको कारण र बिल्डिङमा रहेको आपतकालिन पानी पाइपले किन काम गरेन भन्ने सवाल उठिरहेको छ ।

मृतक युवती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here