“आखिर के को लागि?” सार्वजनिक !

प्रकाशित मिति
0
100

हङकङका ई. रबिन बान्तवा खाहोङ राईको शब्दहरुमा सिल्लिगुडीका डा.शरद सिन्हाको एकल संगीतमा “आखिर के को लागि”? गीति एल्बम हिजो कार्तिक १७ गते शनिबार शिल्पी थियटर काठमाडौमा सार्वजनिक भएको छ ।

नेपाली संगीतका “धरोहर” प्रेम ध्वज प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली संगीत तथा साहित्यकर्मीहरु – भूपाल राई लगायतको विशेष उपस्थिति सँगै कला र संगीतप्रेमीहरु उपस्थित थिए ।

“आखिर के को लागि” ? मा  समाविष्ट ५ गीतहरु एक छुट्टै  स्वादमा  विभिन्न विषयगत गीत दर्शन पाउन सकिन्छ । जसलाई गायक – रबिन शर्मा , ज्ञान सुब्बा राकेस खालिङ, पुष्पण प्रधान र पवन राईले स्वर दिएका छन्, भने सुमीत विश्वकर्मको एकल संगीत संयोजन रहेको छ ।

हङकङबाट गीतकार हेम लावती र सिल्लिगुडीबाट डा. शरद सिन्हाले कार्यक्रमको प्रतिनिधित्व गरेका थिए । साथै   एल्बम समीक्षा  संगीतकार राजु सिं ले गरेका थिए  भने  संचालन  नारायण कडेरियाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here