अम्बर गुरुङ के अमर लामा होइन होउ!

प्रकाशित मिति
1
203

प्रिय महासंघ,
तिमी साँच्चिकै महान छौ । महासंगीतकार अम्बर गुरुङ त के हो र तिम्रो लागि? रोग र वयले पिल्साएको जीर्ण शरिर के काम? तिमी त शक्तिपूजक हौ, आइ जि पी को बलिष्ठ शरिर र पदप्रति नतमस्तक छौ । तर लोकाचार त गर्नैपर्‍यो, यसो दुई थुँगा फूल चढाइदियौ महावाणिज्य दूतावासमा गएर । हङकङमा साग भन्दा फूल महँगो, अब त्यो फूलको दाम के शीर्षकमा असुल्नु होला ? तर बास्केट फन्ड छँदैछ, यो बास्केट फन्डले हिंजो मानव तस्करीको आरोप लाउनेहरुलाई पनि आफ्नो खल्तीमा ल्याउनेछ,नो टेन्सन्! महासंघको भवन खरीदलाई भनी उठाएको रकममा पनि निकै हल्ला गरेका थिए बज्जियाहरुले! तर अब सब तह लाग्नेछन्, २-४ हड्डी फाल्दिएपछि बोरामा हाल्न सकिहालिन्छ ।

साँच्चै अम्बर गुरुङ त चिन्छौ के ? अमर लामा होइन के । राजेश हमाल-करिश्मा मात्तै चिन्छौ रे? एउटा बूढो मान्छे हङकङ आएका थिए नि २०१४ सालमा । कार्यक्रमको लागि हल माग्दा दिन्छु भनेर हिमालय टोन्सलाई तिमीले झुक्याएको के त! त्यस्तो त कतिलाई झुक्याइयो कति रे! उसले बनाएको गीत बज्दा तिमी सहभागी हुने कार्यक्रममा कति पटक कुर्सी छोडेर उभिनु परेको छ नि? “श्रीमान गंभीर होइन” होउ! “सयौं थुँगा फूलका हामी” भन्ने क्या! राष्ट्रिय गीतमा कम्मर भाँचेर नाच्न मिल्दैन के काम रे, साँच्ची हङकङको बेस्ट डान्सर तिमी नै हौ महासंघ, मादल जस्तो बज्छ त्यस्तै नाच्न सक्ने ।

हुन पनि प्यारो कुर्सी छोडेर ठिङ्ग उभिनुपर्ने राष्ट्रगान तिमीलाई के मनपर्थ्यो? त्यो राष्ट्रगान बनाउनेलाई किन चिन्थ्यौ तिमी । झुर बूढालाई नचिने पनि यसो फेसबुकमा श्रध्दाञ्जली भनिदियौ , तिम्रो स्मार्टनेस् लाई त मान्नैपर्छ यार, प्रिय महासंघ यु आर ग्रेट, आई लभ योर स्मार्ट ड्रेस अप! सुत्दा पनि सुटै लाएर सु्त्छौ?सोधेको मात्रै नरिसाऊ  न होउ,हत्तेरी!!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here