अम्बरसँगै अब गगन पनि अस्ताए…

प्रकाशित मिति
0
29

gagan grg

हिंजो १४ अगस्ट आइतबारको दिउँसो अढाई बजे वरिष्ठ गीतकार-संगीतकार तथा गायक गगन गुरुङको निधन भएको छ।
८३ वर्षे यी अग्रज स्रष्टाको निधनसँगै दार्जिलिङ क्षेत्रको एउटा इतिहासको अवसान भएको छ।

सन १९५६ देखि संगीतमा लागिपरेका गगन गुरुङ अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, शान्ती ठटाल, अरुणा लामा,शरण प्रधान, आदि जस्ता नेपाली संगीतका ठूला स्तम्भहरुका समकालीन र सहयोध्दा रहेका थिए । ६० वर्ष देखि गीत-संगीतमा आबध्द गगन गुरुङ गोर्खा दुख निवारण संघसँग आबध्द रहेका थिए, सन् २००० देखि २००३ सम्म उनी त्यसका अध्यक्ष थिए।

“मैले बोल्नै भएन, केही भन्नै भएन
दुई चार कुरा मनको मैले पोख्नै भएन”
(संगीतकार:शान्ती ठटाल, गायक: रामकृष्ण ढकाल”)

“वारी खोला पारी जै खोला बीचैमा पापी दोभान
बिर्सनेले बिर्सिमा गयो नि लै लै, किन रुन्छ ब्यर्थै यो मन”
(गीत संगीत: गगन गुरुङ, स्वर: उदय सोताङ-मनिला सोताङ)
विशेष गरेर यी गीतले श्रोतामाझ चिनिएका गुरुङ पछिल्लो समयमा “तिम्रो नगीच” एल्बमको तैयारीमा जुटेका थिए। उनको यो तेस्रो एल्बमका संगीत संयोजनको जिम्मा पाएका संगीतकार जीवनप्रकाश प्रधानका अनुसार यो एल्बम अक्टोबरमा बजारमा आउनेछ । ५ वर्षदेखि यस एल्बमको तैयारीमा लागेका गुरुङको एकल संगीतमा १२ वटा गीतहरु रहेको यस एल्बममा उनले चन्द्रमीत लक्सम, बिरु बाङदेल, पुरण गिरी, मनप्रसाद सुब्बा, पुष्प राई आदिका शब्द ;लिएका छन् भने बानिका प्रधान,अनुपमा प्रधान,शोभना प्रधान, दिवस गुरुङ, संगीता गुरुङ ,सुधीर राई, किरण वाइबा, सागर बल, खेमनारायण सुब्बा, कौशिल्या घिमराज,आदिले स्वर भरेकाका छन् । “मनभरिका मनका कुरा” पहिलो र सीमित संख्यामा वितरित दोस्रो एल्बम पछि गुरुङको यो तेस्रो एल्बम हुनेछ ।

“वहाँ एक पर्फक्सनिस्ट् हुनुहुन्थ्यो, अघिल्लो एरेन्जरको काम मन परेन भन्दै ११ वटा गीतहरु मलाई १ साल अगाडि जिम्मा लाउनुभएकोमा २ वटा गीतको एरेन्ज चित्त नबुझेपछि जुनमा निक्लनुपर्ने एल्बम डिले भएको थियो । अस्तिमात्रै दिवस दाजुले नयाँ एरेन्ज लगेर सुनाएपछि खुसी हुनुभएको बुझिएको थियो, हिंजो यस्तो दुखद समाचार आयो ।”

नयाँ एल्बमका धेरै जसो गीतहरु नेपाली लोकभाकामा आधारित र मर्मश्पर्शी रहेको संगीत संयोजक प्रधान बताउँछन् ।

नगरपालिका अन्तर्गत सेनिटेसन अफिसरका रुपमा सेवा निवृत्त गुरुङका दुई पत्नीबाट १ छोरा र २ छोरी छन् । नेपाली संगीतका यी हस्तीलाई हत्तेरी डट कमको हार्दिक श्रध्दाञ्जली!

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here