अफिसमा सहकर्मीको दूध चोर्नेलाई…

प्रकाशित मिति
0
70

pumped-milk

साउ कि वानको कार्यालयमा काम गर्ने महिलाले आफ्नो बच्चाको लागि भनेर पम्प गरेर अफिसको फ्रिजमा राखेको दूध चोरेको आरोपमा उनकै सहकर्मी पुरुष पक्राउ परेको समाचार केही समय अघि हत्तेरीमा राखेका थियौं ।

हाल त्यस मुध्दामा सुनुवाई भइरहेको छ र थप कुरा प्रकाशमा आएको छ । ३७ वर्षे कम्प्युटर प्राविधिक लाम थरका अभियुक्तले मार्च ८ तारीख आफूले चोरेर तताएर पिएको र दूध स्वादिलो रहेको भन्दै महिलालाई मेसेज समेत गरेको स्वीकार गरेका छन् , मेसेजमा उनले दूध पिउने अवसर फेरि फेरि दिनको लागि आग्रह समेत गरेको बताइन्छ। अप्रिलमा लामले महिलालाई आफ्नो लिंगको तस्वीर समेत पठाएको बताइन्छ । अभियुक्तले आफू डिप्रेसनको शिकार भएको र त्यस घटनाको दौरान आफूले औंषधी सेवन नगरेकोले त्यसखालको कार्य आफूबाट भएको बताएका छन् ।

२ बच्चाको बाबु रहेका विवाहित अभियुक्तले चोर्नुको अलावा महिलालाई अश्लील मेसेज गरेर दुख दिएकोले जेल सजायको हकदार रहेको भन्दै न्यायधीशले २१ डिसेम्बरमा उनको मानसिक स्वास्थको रिपोर्ट आएपछि फैसला सुनाउने बताएका छन् ।

खै यो डिप्रेसन् पनि थरिथरिको हुँदोरहेछ कि क्या हो? हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here