अपहरित भनिएका चेङको भिडियो चिनियाँ पुलिसले सार्वजनिक गर्‍यो..

प्रकाशित मिति
0
812
बेलायतको लागि जासुसी गरेको भन्दै मलाई यसरी ठिङग्राएर शारिरीक यातना दिए -चेङ

गत अगस्टमा चीनमा अपहरित भनिएका हङकङमा बेलायती दूतावास कर्मचारी सिमोन चेङले आफूलाई चिनियाँ पुलिसले झूठो आरोप लगाई यातना दिएको बारे बेलायतले चीनको कडा आलोचना गरिरहेको बेला चिनियाँ पुलिसले यो कुटनैतिक मामिला नभएको र अपराध भएको बारे आज स्पष्टिकरण सार्वजनिक गरेको छ ।

बेलायतको लागि जासुसी गरेको भन्दै आफूलाई २ हप्तासम्म मानसिक र शारिरीक यातना दिएको र हिरासतमा वेश्या गमन गरेको आरोप स्वीकार गर्न लाएको बताएका थिए । बि एन ओ पासपोर्ट होल्डर सिमोन चेङ लाई बेलायतले बेलायतमा बसोबास सहज हुने गरी विशेष भिसा दिने बताएको थियो । दूतावासको जागिर छोडेर उनी ताइवान बसाइँ जाने प्रक्रियामा रहेको पनि बुझिन्छ । हालको आन्दोलनले गर्दा हङकङमा रहेका बि एन ओ होल्डरहरुलाई बेलायत बसोबास सहज गराउने कानुन बनाउन लिबरल र कन्जर्भेटिभ नेताहरुको चुनावी मुध्दा बन्न थालेको छ।

चीनले भने उनी अवैध वेश्यावृत्ति गरिने क्लबमा गइरहेको भन्दै भिडियो फुटेज सार्वजनिक गरेको छ, जसमा सिमोन चेङको हुलिया भएको ब्यक्तिलाई देख्न सकिन्छ । जुलाई र अगस्टको बीचमा ३ पटक उनी उक्त क्लबमा सेवा लिन गएको उनीहरुले बताएका छन् । आफ्नो कर्तुतको कारण आफ्नो परिवार र गर्लफ्रेन्डको सामु लज्जित हुने डरले आफन्तलाई जानकारी नदिन पुलिस हिरासतमा उनले अनुरोध गरेको भिडियो पनि पुलिसले सार्वजनिक गरेको छ । २९ वर्षे चेङले भने आफूलाई जबर्जस्ती अपराध कबूल गर्न बाध्य बनाइएको बताएका छन् । उनलाई ८ अगस्टमा पक्राउ गरी २४ अगस्टमा पुलिसले छोडेको थियो, हङकङ फर्किँदै गर्दा उनी गायब भएपछि त्यस समय निकै संचारमा उथुलपुथल भएको थियो ।

पक्ष र विपक्षको कुरा कुन सहि हो भन्ने त आफ्नो ठाउँमा होला तर यो घटनाले कति चैं स्पष्ट पार्‍यो भने हामी रंगीन मिजासका छौं र रमाइलो गर्न चीन जाने गरेका छौं भने फिलिम् चैंं सरकारले बनाएर राख्ने गर्दोरहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here