अपराधिक गिरोहका नाइके सहित १५१ जना पक्राउ

प्रकाशित मिति
0
16

anti triad

शुक्रबार पुलिसले छापा मारी  संगठित अपराधमा संग्लग्न वो सिङ वो ट्राइड समूहका नाइके सहित १५१ जनालाई पक्राउ गरेको समाचार छ ।
चुन चाई भनिने मूल नाइके सहित पूर्व नाइकेहरु फेइ किन पो मिङ र सान तानलाई पनि पुलिसले पक्राउ गरेको छ ।

14K समूह र सन ई अन समूहका केही नाइकेहरुलाई पनि पुलिसले पक्राउ गरेको बताइन्छ ।

१०० पुरुष र ५१ महिलालाई चिम सा चुई, याउ मा तेई क्षेत्रका बार र फ्ल्याटहरुबाट ४०० जना पुलिसले पक्राउ गरेको बताइन्छ ।
उनीहरुलाई गैह्र कानुनी भेला हुने, खुनखराबा, लागू औंषध कारोबार र संगठित अपराधको अभियोगमा पक्राउ गरेको बताइन्छ ।
कार्यवाहीको क्रममा ७ वटा लाइसेन्स बिनाका बार बन्द गराएको बताइन्छ भने पक्राउ परेकाहरुबाट चक्कु-छुरा जस्ता हातहथियार र लागू औंधष
बरामद गरेको पुलिसले बताएको छ ।

पुलिसको महिनौंदेखिको गोप्य अनुसन्धानको फलस्वरुप यस कार्यवाहीलाई पुलिसले सफल भएको बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here