अन्धविश्वासको फाइदा उठाउँदै ठगी र यौन शोषण..

प्रकाशित मिति
0
458
illustration only

एक २४ वर्षे युवतीलाई पैसा ठग्नुको साथै यौन शोषण गरेको अभियोगमा एक ४० वर्षे अभियुक्तलाई ३ साल २ महिनाको सजाय दिइएको छ ।

मिकी फुङ नाम गरेको अभियुक्तले आफू थाई भिक्षु भएको भन्दै पीडित युवतीको मृत आमा र गर्भपतन गराएको बच्चाको आत्माहरुसँग मिलन गराइदिने भनी १ लाख ६ हजार डलर ठगेको बताइन्छ । उनको शरिरको शुध्दीको लागि आफूसँग यौन संपर्क गर्नुपर्ने बताउँदै ३ पटक यौन सम्बन्ध राख्न बाध्य पारेको बताइएको छ ।

विगतमा पनि त्यस्तै प्रकृतिका विभिन्न ठगी अपराधहरुमा संग्लन रहेको भन्दै डिस्ट्रिक्ट जजले ३ साल २ महिनाको सजाय सुनाएका हुन् । अभियुक्तले विभिन्न बहानामा पैसा असुल्नुको साथै आत्मा मोबाइलमा स्थापित गर्ने भन्दै युवतीलाई आफ्नो लागि मोबाइल किनाएको बताइन्छ ।

यसरी यति साह्रो अन्धविश्वास राखेपछि चलाख ठगहरुले फाइदा लुटिहाल्छन् नि, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here