अनन्त गुरुङको पुस्तक विमोचित…

प्रकाशित मिति
0
40

ag

“अन्त्यमा, मलाई त्यो १३ वर्षको पींडा, निराशा र लघुताभाष गराउने स्कूल, शिक्षक र सिस्टमलाई पनि धन्यवाद छ”, हिंजो आइतबार कंगन रेस्टुरेन्टमा किशोर लेखक अनन्त गुरुङले आफ्नो मन्तब्यको क्रममा भावुक हुँदै भने । उनले  विद्यालय जीवनमा भोगेका उत्पीडन र कुण्ठाहरुलाई डायरीमा पोखेको र त्यो नै अहिले पुस्तकको रुपमा आएको बताए ।आफ्नो १३ वर्षे स्कूले जीवनमा सि ग्रेड विद्यार्थीको रुपमा आफूले भोगेका अनुभवहरुलाई निबन्ध संग्रहको रुपमा लेखेका अनन्तको “अ योङग डिस्सिडेन्ट” पुस्तकलाई समीक्षा प्रकाशनले प्रकाशनमा ल्याएको हो ।

समीक्षक समाजका संयोजक हेम लावतीले स्वागत मन्तब्य दिंदै अनन्त जस्ता प्रतिभाहरुलाई प्रोत्साहन गर्न समीक्षा प्रकाशनले निरन्तरता दिने बताए । बेथेल स्कूलकी छात्रा सिम्रन गुरुङले अनन्तको छोटो परिचय दिएकी थिइन् ।

बाल पत्रिका ‘पिङ’ की संपादक रेनु राईले पुस्तक प्रकाशन हुनु अगाडिको पृष्ठभूमि बताएकी थिइन् । हङकङमा प्राध्यापनरत शिक्षक शैलेन्द्र बोगटीले अनन्तको लेखाई स्तरले उनलाई सि ग्रेडर मान्न नसकिने बताए, अनन्त पढेको विद्यालयको शैक्षिक स्तरको प्रशंसा समेत गरे । हङकङ युनिभर्सिटीमा अध्ययनरत छात्रा अस्मि घोण्डेले अनन्तको पुस्तकमा आफ्नै भोगाईहरु पाएको बताइन् र उनको लेखाईले आफूलाई पनि लेख्न अभिप्रेरित गरेको कुरा बताइन् ।

शिक्षिका तथा अभिभावक पूर्णकला गुरुङले पुस्तक पढ्दा आफ्नै छोराले आफूसँग सम्वाद गरेको महशुस गरेको बताउनुको साथै सबैको आ-आफ्नो रुचि र क्षमता हुने हुनाले छोराछोरीलाई मार्क्स ल्याउने मेशिनको रुपमा हेर्न नहुने अनुरोध गरिन् ।

हङकङकै अर्का अंग्रेजी शिक्षिक लोकप्रसाद दाहालले अनन्तको प्रशंसा गर्दै उनलाई आफ्नो अध्ययनमा निरन्तरता दिन सुझाव दिए । शिक्षिका शारदा गुरुङले आफ्नो छोरा अनन्तको प्रयासलाई साथ र हौसला दिन उपस्थित सबैमा कृतज्ञता ब्यक्त गरेकी थिइन् ।

नेपालमा ११ कक्षामा अध्ययनरत अनन्तको पहिलो पुस्तकको रुपमा बाहिर आएको उक्त निबन्ध संग्रहमा उनका १९ वटा निबन्धहरु समेटिएका छन् भने प्रत्येक निबन्धको शिर्षक मिल्दो चित्र बाल कविको रुपमा परिचित कोही गुरुङले कोरेकी छिन् । समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक लालबहादुर गुरुङ, चित्रकार दिपेन्द्र राई, बालकवि कोही गुरुङ, लेखक किन्दर राई तथा शिक्षिका शारदा गुरुङद्धारा एकसाथ पुस्तक विमोचन गरिएको थियो ।

 

तस्वीर : लक्ष्मण गुरुङ, जेपिटी एचके

vb22000

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here