अदालतमै माओद्वारा गु गर्ने प्रयास..

प्रकाशित मिति
0
167
in courtroom
पहिलो: माओ कुना खोज्दै , दोस्रो : माओलाई जजले हिर्काउँदै

चीनको झेजियाङ प्रान्तको अदालतमा एक रमाइलो घटना भएको छ । (पढिसकेपछि पढ्नेलाई पो रमाइलो, भोग्नेलाई कति गाह्रो छ भन्नुहोला)

Sina.Com ले प्रकाशित गरेको समाचार अनुसार अदालतमा माओ थरका ब्यक्ति विरुध्द ट्राफिक दुर्घटनाको मुध्दा चल्दा चल्दै श्रीमान माओ असहज तरिकाले उठेर अदालतको कुनातिर कुदे । न्यायधीशको डेस्क छेउको कुनामा गएर दिसा गर्न पाइन्ट फुकाल्न लागे ।

न्यायधीशले तत्काल कार्यवाही रोकी माओलाई रोक्ने कोशिस गरे तर कतिसम्म रोक्न सफल भए त्यो खुलाइएको छैन ।
माओले आफ्नो हर्कतको लागि क्षमा मागेका छन् र आफूलाई अदालतमा गरिनुपर्ने शिष्टाचारको ज्ञान नभएको बताएका छन्,(हैट्, होइन होला)।

माओलाई १ हजार युआन दण्ड जरीवाना तिराइएको बताइन्छ । चीनमा अदालतको कार्यवाहीमा अवरोध हुने गरी कुनै पनि कार्य दण्डनीय बताइन्छ, त्यस हिसाबमा आफुलाई अचानक पेट दुखेकोले २ नम्बर जान पाऊँ भनेर न्यायधीशलाई भन्दा पनि सजायँ हुन्छ कि हुँदैन होला, न्याय क्षेत्रका साथीहरुले बताउन सक्लान् , फेरि इमर्जेन्सीमा अदालतको लम्बेतान भाषामा त्यति भन्न पनि पो कहाँ भ्याइन्छ र, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here