अजिंगरले युवतीलाई आक्रमण गर्‍यो…

प्रकाशित मिति
0
73

python_in_stream

हाइकिङ गएकी एक महिलालाई मंगलबार अजिंगरले टोकेर घायल बनाएको छ । ४० जना सहयात्रीसँग हाइकिङ गएकी उक्त महिलालाई बिहान १० बजे साइकुङको मा साई खोला तीरमा हिंड्दै गर्दा २० फीट लामो अजिंगर अचानक पानीबाट निस्केर महिलालाई खुट्टामा टोकेर उनलाई घिच्याउनु खोजेको थियो ।
अरु हाइकर उनलाई मध्दत गर्न आएपछि अजिंगरले महिलालाई छोडेको थियो । हाइकरहरुले त्यो अजिंगरलाई समातेर जंगलमा छोड्दिएका थिए भने घाइतेँ महिलालाई अस्पताल लगियो । उनको खुट्टामा सामान्य चोट लागेको बताइन्छ ।

यस्ता अजिंगरहरु विषालु नहुने र हतपत मान्छेलाई आक्रमण नगर्ने बताइन्छ । अजिंगरको आहारा दैवले नजुर्‍याएपछि शिकारको अभावमा मान्छेलाई आक्रमण गरेको हुनुपर्छ । कृपया हाइकिङ जाँदा सावधान रहनुहोला र एक्लै नजानुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here