अजंगको ‘कम्प्यानियन'(सहयात्री) स्टार फेरीमा!

प्रकाशित मिति
0
58

काउ उपनामले चर्चित अमेरिकी कलाकार ब्रायन डोनेलीको ‘कम्प्यानियन'(सहयात्री) नामको पात्रको ३७ मिटरल लामो बेलुन कला आजदेखि भिक्टोरिया हार्बरमा प्रदर्शनको लागि राखिएको छ ।

६ साल पहिले पहेँलो हाँस (रबर डक) उक्त स्थानमा प्रदर्शनको लागि राखिएको तपाईंलाइ यादै होला । झट्टै हेर्दा मिकी माउस जस्तो देखिने ‘कम्प्यानियन’को अनुहारमा दुईवटा क्रस देख्न सकिन्छ , त्यो काउको सिग्नेचर मानिन्छ ।

यस अघि कोरिया र ताइवानमा प्रदर्शित यस कला आज मार्च २२ देखि १० दिनसम्म हङकङको पानीमा प्रदर्शनीको लागि राखिने बताइन्छ । ४० टन गह्रौं यस कला प्रदर्शनीको लागि १० मिलियन डलर खर्च गरिएको आयोजकले जनाएका छन् ।

यो सन्डे चैं काउको अजंगको ‘कम्प्यानियन'(सहयात्री) संग सेल्फी खिच्नु जुङ् है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here