अग्निकुण्डमा हाम्फाल्ने महिलाको निधन..

प्रकाशित मिति
0
65

josspaper

गत आइतबार चुनवानको ताओइस्ट टेम्पलमा रहेको कागज डढाउने भट्टामा हाम्फाल्ने ५९ वर्षे महिलाको आज बिहान ६ बजे निधन भएको छ ।

चान ई निन नामकी ती महिलाको मानसिक स्वास्थ्य ठिक नरहेको थाह भएको छ । उनलाई बचाउन भट्टामै पसेका एक फायर फाइटर पनि घाइतेँ भएका छन् ।
उनको खुट्टामा आगोले पोलेको बताइन्छ ।

४ सय डिग्री देखि ६ सय डिग्री तापक्रम रहने अनुमान गरिएको घरको आकारमा रहेको त्यस भट्टामा भक्तजनहरु मृतकहरुको नाममा चिनियाँ कागज डढाउने गर्दछन् ।

त्यसरी आगोमा हाम्फाल्नु भन्दा त बिउटी पार्लर जानु नै ठिक होला, हगि? तुलनात्मक कुरा नि! तर ५० नाघेपछि मनले आँटे जस्तो तनले भ्याउँदैन र डिप्रेसन हुनसक्छ , प्रकृतिको नियमलाई स्वीकार्नुमै खुसी भेटिन्छ । मर्नु भन्दा बौलाउनु निको हुन्छ भन्ने त हाम्रो पुरानो उखानै छ,  त्यसैले आत्महत्या जस्तो सोँच कहिल्यै नलिनुहोला… तर पनि त्यस्तो सोँच आएछ भने विशेषज्ञको परामर्शको लागि तलका फोन नम्बरमा सेवा लिनुहोला है;

 

● 24-hour hotline at Suicide Prevention Services: +852 2382 0000

● 24-hour hotline at Samaritan Befrienders Hong Kong: +852 2389 2222

● Society for the Promotion of Hospice Care: +852 2868 1211

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here