अख्तियार दुरुपयोग गरेको अभियोगमा भुपू उपसचिवलाई जेल..

प्रकाशित मिति
0
813

हङकङको आर्थिक विकास तथा श्रम का भुपू उपसचिव विल्सन फुङलाई भ्रष्टाचार गरेको अभियोगमा ९ महिना सजाय तोकेको छ ।

मकाउको क्यासिनो किङ स्ट्यान्ली हो की बहिनी चेयेन चानसँग प्रेम सम्बन्धमा रहेका उनले सन २००४ मा चेयेनबाट ५ लाख १० हजार डलर लिएको बताइन्छ । चेयेनले हङकङमा प्रपर्टी किन्दा विल्सनको सल्लाह लिइर फाइदा भएपछि केही रकम उनलाई दिएको अदालतमा बताएकी थिइन् । प्रेमी प्रेमिका बीचको लेनदेनको त्यो रकम घुस साबित नभए पनि चेयेनका हवाई जहाज र हेलिकप्टर कम्पनीको भाडामा सहुलियत दिन र ल्यान्डिङ साइट बढाउनलाई स्वीकृति दिइँदा विल्सन उपसचिव रहेकाले अख्तियार दुरुपयोग गरेको भन्दै उनलाई १२ महिना कैदको फैसला सुनाइएको थियो । तर सरकारी सेवामा रही योगदान पुर्‍याएको भन्दै उनको सजायमा ३ महिना छूट दिएको बताइन्छ ।

सुनुवाईको क्रममा ६३ वर्षे चेयेन र ५५ वर्षे विल्सन विगतमा १३ वर्ष सम्म गोप्य प्रेम सम्बन्धमा रहेको खुलेको थियो । विल्सनकी श्रीमती हङकङ सरकारको उच्च पदस्थ कर्मचारी रहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here