हङकङ म्याराथन प्रतियोगिता संपन्न, १ धाविका सिकिस्त..

woman marathon

हिंजो आइतबार बिहान बर्सेनी हुने स्ट्यान्डर्ड चार्टर्ड हङकङको २१औं श्रृङखला म्याराथन प्रतियोगिता सम्पन्न भयो । ७४ हजार प्रतियोगीले भाग लिएकोमा २७ जनालाई स्वास्थ्योपचारको  आवश्यकता पर्‍यो भने ७ सहभागीलाई  अस्पताल लैजानुपर्‍यो, जसमध्ये ५२ वर्षे सहभागी महिलाको अवस्था चिन्ताजनक रहेको बताइन्छ । तर पनि गत साल भन्दा यो साल दौडको लागि अनुकूल वातावरण रह्यो ।

melaku

विजेता मेलाकु

१० हजार विदेशी धावक सहभागी रहेको यस प्रतियोगितामा इथियोपियाली धावकहरु पुरुष र महिला दुवै विधामा विजयी भए ।
बिचुने मेलाकु नामका इथियोपियाली धावकले २ घन्टा १० मिनेट ३१ सेकेन्डमा दौड पूरा गरी पुरुष तर्फको रेकर्ड तोडे भने महिला तर्फ गुलुम टोलेसाले २ घन्टा ३३ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरी प्रथम भइन् । विजेताले ६५ हजार यु एस डलर पाउने बताइन्छ ।

सदा झैं विशेष पहिरनमा दौडमा सहभागिता जनाउनेहरु पनि यस साल देखिए, एक जोडी विहेको पहिरनमा दौडे भने, स्पाइडरम्यानको पहिरनमा दौडिने सहभागी क्यामेराम्यानहरुको लागि आकर्षण बने ।

marathon

This entry was posted in Sports. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *