हङकङलाई लियो नेपालले बदला…

Oct 13, 2016 @ 21:40

karuna

हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज बिहिबार हङकङलाई ६ रनले हराएर दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमा हङकङसँग हारेको नेपालको जितमा करुणा भण्डारीको अल राउन्ड प्रदर्शन रह्यो , उनले नट आउट रही १९ रन प्रहार गरिन् भने १७ रन दिँदै ३ विकेट चट्काइन् । सिता राना मगरले १५ रन दिँदै २ विकेट लिन सफल भइन् ।

नेपालले पहिले ब्याटिङ् गर्दै ७५ रन प्रहार गरी हङकङलाई ७६ रनको चुनौति दिएकोमा हङकङ २ ओभर बाँकी छँदै १७.४ ओभरमा ६९ रनमा अल आउट भयो ।
हङकङको तर्फबाट केरी चानले सर्वाधिक १८ रन हिर्काइन् ।

पहिलो खेलमा नेपालले दिएको ७८ रनको चुनौतीलाई हङकङका ब्याट्समेनले सजिलै पार गरेका थिए तर यस पटक नेपालका बलरहरुको राम्रो प्रदर्शनको कारण हङकङले घुँडा टेक्नुपर्‍यो ।

यस समूहका ४ टिम मध्ये हाल सम्म ३ जितको साथ थाइल्यान्ड टपमा रहेको छ भने नेपाल र हङकङले दुई दुई म्याच जितेका छन्, चीनले भने टपर थाइल्यान्डलाई हराउँदै हालसम्म १ जितको साथ पुछारमा रहेको छ ।

नेपालको बाँकी म्याच निम्नानुसार रहेको छ:

Friday, 14th October

  • Thailand Women VS Nepal Women
    Match 9, Women’s CWC Qualifier Asia 2016
    Hong Kong Cricket Club, Wong Nai Chung Gap, 09:30 HKT

Saturday, 15th October

  • China Women VS Nepal Women
    Match 11, Women’s CWC Qualifier Asia 2016
    Tin Kwong Road Recreation Ground, Mong Hok, 01:30 GMT
This entry was posted in Sports. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *