हङकङमा आज भएको खेल नेपालले हार्‍यो तर…

nplvshk

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पराजित भएको छ । इंग्ल्यान्डमा अर्को वर्ष हुने विश्वकपको लागि छनोट खेल्न हङकङ पुगेको नेपाली महिला टोली आइतबार आयोजक हङकङसंग ६ विकेटले पराजित भएको हो ।

मोङ कोकमा रहेको मिसन रोड मैदानमा नेपालले दिएको ७८ रनको झिनो लक्ष्य आयोजक हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । हङकङको जितमा सजे वान यीपले ३३ रन जोडिन । त्यस्तै यास्मिन दास्वानीले १३ रन जोड्दा मारिको हिल १० तथा सन्जेना शहेजाद ११ रनमा अविजित रहिन् । बलिङतर्फ नेपालकी निर्मला शाहीले २ विकेट लिईन भने करुणा भण्डारीले एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले १९ ओभर २ बलमा अलआउट हुदै ७७ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको नेपालले मात्र ८ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डे १ रनमा आउट भइन् ।

ओपनर ज्योतिलाई गुमाएपछि पनि नेपाली ब्याट्सवुमनहरु लगातार पेभेलियन फर्किए ।हङकङका बलरसामु खुलेर खेल्न नसकेको नेपाली पारीमा निर्मला शाहीले सर्वाधिक १८ रन जोडिन । लामो समय भारतमा रहेकी निर्मला पहिलो पटक नेपाली टोलीबाट खेलेकी हुन् ।त्यस्तै नेपालकी कप्तान रुबिना क्षेत्रिले १६ तथा इन्दु बर्माले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन । नेपालको बलिङ्लाई ध्वस्त पार्ने क्रममाहङकङकी मारिको हिल, चान का मान र चार्लोटि चानले समान दुई दुई विकेट लिए ।

टि ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन् । अब नेपालले दोस्रो खेलमा सोमबार चीनसंग खेल्ने छन् भने बुधबार थाईल्याण्डसंग खेल्ने छ ।

एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ । इंग्ल्यान्डले आयोजना गर्ने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ । महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्नेछ ।

नेपालले पहिलो खेलमा पराजय भोगे पनि खेल अभी बाँकी है मेरे दोस्त, नेपाली महिला क्रिकेट टोलीको हौसला बढाउन जान चाहनुहुन्छ भने खेल समय तालिका यस्तो छ:

( यो २० ओभरको खेल हो  पूरै पाँच दिन वा पूरै एक दिनै लाग्ने टेस्ट वा वान डे म्याच होइन)

Monday, 10th October

  • Thailand Women VS  Nepal Women
    Match 4, Women’s CWC Qualifier Asia 2016
    Tin Kwong Road Recreation Ground, Mong Hok, 09:30 HKT

Tuesday, 11th October

  • China Women VS Nepal Women
    Match 5, Women’s CWC Qualifier Asia 2016
    Kowloon Cricket Club, Kowloon, 09:30 HKT

Thursday, 13th October

  • Hong Kong Women VS Nepal Women
    Match 8, Women’s CWC Qualifier Asia 2016
    Kowloon Cricket Club, Kowloon, 14:00 HKT

Friday, 14th October

  • Thailand Women VS Nepal Women
    Match 9, Women’s CWC Qualifier Asia 2016
    Hong Kong Cricket Club, Wong Nai Chung Gap, 09:30 HKT

Saturday, 15th October

  • China Women VS Nepal Women
    Match 11, Women’s CWC Qualifier Asia 2016
    Tin Kwong Road Recreation Ground, Mong Hok, 01:30 GMT
This entry was posted in Sports. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *