रियोमा पदक जित्ने छिमेकीलाई बधाई छ!

sakshi

रियो (Rio) मा भैरहको 31औं ओलम्पिक खेलमा भारतकी 23-वर्षीया साक्षी मलिक (Sakshi Malik) लौ 17 अगस्त 2016 को दिन महिला कुश्ती को 58-किलो वर्ग को स्पर्धामा काँस्य पदक (Bronze Medal) जिती भारतलाई रियोमा पहिलो पदक दिलाएकी छिन् । ओलम्पिक पदक जित्ने उनी चौथी भारतीय महिला खिलाड़ी बनेकी छिन् । काँस्य पदकको लागि भएको प्ले-ऑफ मुकाबलामा उनले खिर्गिजस्तान (Kyrgyzstan) की पहलवान ऐसुलु तिनिबेकोवा (Aisuluu Tynybekova) लाई 8-5 ले पराजित गरेकी थिइन् ।
5-0 ले अगाडि रहेकी प्रतिश्पर्धीलाई अन्तिमतिर साक्षीले 8-5 ले हराउन सकिन्, कुश्तीमा पदक जित्ने उनी पहिलो भारतीय महिला बनेकी छिन् ।

यस अघिका ओलम्पिक्समा हालसम्म तीन महिला खेलाडीहरुले ओलम्पिक खेलमा पदक जितेका रहेछन् – कर्णम मल्लेश्वरी (2000, सिडनी) भारोत्तोलन में, एम.सी.मेरीकॉम (2012, लंडन) बक्सिङमा र साइना नेहवाल (2012, लंडन) बैडमिण्टनमा।
आज राति रियोमा ब्याडमिन्टनको फाइनलमा भारतकी पि भी सिन्धु स्पेनकी क्यारोलिनसँग भिड्दैछिन्, रजत पदक त छिमेकीले जित्ने नै भइन्, स्वर्ण जितिन् भने छिमेकी देशको मिडियाले नेपालमा बसिखानु दिने छैन, धन्य हङकङको टिभीमा आजतक, स्टार न्युज, आदि आउँदैन । पैसा तिरे त आउँछ तर महँगो शुल्क तिरी तिरी कसले दिमागको दही पारोस्, हगि?

 

pvsindhu1

स्वर्ण पदकको लागि शुभकामना पि भी सिन्धु!

This entry was posted in Sports. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *