भोलि हङकङ र नेपाल भिड्दैछन् मंकोकमा..

Hong Nepal

 

आइसीसी विश्व कप क्रिकेट लिग अन्तर्गत छैटौँ चरणको एक दिवसीय खेलमा नेपालले भोलि शुक्रबार र आइतबार हङकङसँग मंकोकको Tin Kwong Road Recreation Ground मा खेल्दैछ। ५० ओभरको म्याच बिहान ९:३० बजेबाट सुरु हुनेछ ।

Capture

अंक तालिकामा १०-१० खेल खेली ११ अंकको साथ हङकङ पाँचौं नम्बरमा रहेको छ भने नेपाल ८ अंकको साथ छैटौं स्थानमा रहेको छ ।

हङकङका कोच सिमोन कुकले विश्वकपमा छनोट हुने मौका नगुमाउनको लागि हङकङले नेपालसँग गंभीरताका साथ खेल्नुपर्ने बताएका छन् ।
१४ सदस्य मध्ये ११ जनाको छनोट भोलि नै गरिने कोचले बताएका छन् भने नेपालको तर्फबाट चर्चित खेलाडी शरद भेषवाकरले ज्वरोको कारण खेल्न नसक्ने भएका छन् ।

लगभग समान स्तरमा रहेका नेपाल र हङकङको टोलीले अर्को चरणमा पुग्न टप ४ मा उक्लिनुपर्ने छ, त्यसैले यो भीडन्त दुवै टिमको लागि विशेष महत्वपूर्ण रहेको छ ।

जन्मभूमि र कर्मभूमि बीचको रोमाञ्चक क्रिकेट हेर्न जाने होइन त? कहाँ? यो तलको म्याप हेर्नुस्!

 

This entry was posted in Sports. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *