स्कुल बसद्वारा सहायिका मृत्युु !

आज दिउँसो करिब १२:३५ बजे हङकङ वोङ चुङ हेंग स्थित “सेंट पौल को-एजुकेसनल प्राइमरी स्कुल” बसको ठक्करले एक ५० बर्षीय महिला बस सहायिकाको मृत्युु भएको समाचार छ ।
६० बर्षीय पुरुष चालक रहेको उक्त स्कुल बसले ठक्कर दिई बसको मुनि च्याप्पिएकी थिइन् । प्रहरी तथा फायर फाइटरले तत्तकाल उद्धार गरे पनि उनको टाउकोमा गम्भीर चोट लागेको कारण मृत्युु भईसकेको जनाइएको छ। प्रहरी प्रवक्ताको अनुसार प्रहरी अनुसन्धानमा चालकले “मा प से” नगरेको प्रमाणित गरेको समाचार छ ।

हङकङमा गत महिना बस गुडेर हुने दुर्घटना लगातर जस्तै भएको थियो !
फेरि शरीरमाथि नै बस गुड्ने दुर्घटना लगातार हुन लाग्यो !
हत्तेरीका प्रिय पाठकहरु ! बाटो काट्दा सावधानी अपनाउनु होला !अस्तिको दिन मात्र १२ बर्षे बालक के एम बि को चक्का मुनि परि मृत्यु भएको थियो..

Posted in Hong Kong, News | Leave a comment

KMB को ठक्करले बालकको मृत्यू !

 

हिजो बेलुकी करिब ८ बजे कुन तोङको ट्राफिक रोड क्रसमा एक १२ बर्षीय बालकको “16M” KMB डबल डेकर बसको ठक्करबाट मृत्युु भएको छ ।
एक विदेशी हेल्फरको साथ हिडिरहेका बालक रातो बत्ति बलेेेको बेला अचानक कुदेर रोड क्रस गर्न लाग्दा उनी दुुर्घटना परेका हुन् ।  “कुन तोङ एम टि आर स्टेसन र लाम तीन होङ” चल्ने उक्त बसको चालक ५६ बर्षीय योङका अनुसार गुडिरहेको बसको मुनि अचानक बालक पसिगए पछि उनले तुरुन्तै बस रोकेर प्रहरी तथा एम्बुलेन्सलाई खबर गरेका थिए ।

बसको ठक्करले टाउकोमा गम्भीर चोट लागि कोमामा पुगेका उनलाई बसको मुनिबाट प्रहरी तथा फायर फाइटरले निकालेर एम्बुलेन्समा तुरुन्तै हस्पिटल पुर्याइएको थियो । हस्पिटलले उनलाई तत्काल मृत घोषित गरेको थियो । यस दुर्घटना प्रति गम्भीरता देखाउँदै आउने दिनहरुमा ट्राफिक दुर्घटना हुन नदिनको निम्ति आज बिहानैबाट पब्लिक, पत्रकार , ट्राफिक तथा कुन तोङ जिल्ला विधान परिषदका कार्यकर्ताहरु लगायतको घटना स्थलको निरिक्षण तथा अनुसन्धान सहित छलफल भएको जनाइएको छ ।

 

Posted in Hong Kong, News | Leave a comment

एम टि आर मा आगो लाउने पक्राउ !

 


हिजो बिहान करिव ९ बजे मंकक स्टेसन Exit- E को टिकट भेन्डिङ मेशीन नजिकै आगो लागेको थियो ।आगो लागेको कारण यात्रुहरु हताहत भए पनि कुनै घटना भएको थिएन । आगो लागेको खबर पछि तत्काल प्रहरी तथा फायर फाइटर पुग्दा स्टेसन कन्ट्रोल रुम स्टाफले आगो नियन्त्रण गरिसकेका थिए ।
प्रहरी सोधपुछमा एक प्रत्यक्षदर्शीले भनेका थिए , कि “एकनजा मान्छे त्यहाँ उभिएको थियो , भुँइमा पिसाब जस्तो तरल पदार्थ थियो , उसले पिसाब फेरेछ भनेको त केही छिनमै आगो लाग्यो ..! ? ”
घटना शंकास्पद भएले प्रहरीको व्यापक सि सि टि भी फुटेज अनुसन्धान पछि संलग्न ब्यक्तिलाई आज बेलुकी भरखरै चेङ शा वान स्थित याङ जिन हाउसबाट पक्राउ गरिएको समाचार छ बिस्तृत विवरण प्रहरीले दिन बांकी छ ।

– पिसाब फेरे कि, के फेरेछन् ? प्रहरीले पत्तो लाउलान् हगि ?

Posted in Hong Kong, News | Leave a comment

घोडे दौडमा ३ जना अस्पताल ,१ कोमामा


आज भएको “हङकङ स्ट्रिट होर्स २०१९” दौड प्रतियोगितामा ३ जना धावकहरु अस्पतालमा भर्ना भएको समाचार छ । जस मध्येका २३ बर्षे युवा धावक काइ तक टर्नेल नेर पुग्दा अचानक घाइते भइ कोमामा पुगेका थिए । उनलाई तत्काल सेंट जोन एम्बुलेन्स स्टाफको प्राथमिक उपचार पछि क्वीन एलिजा बेथ हस्पिटल लगिएको छ ।
यसैगरी अर्का २८ बर्ष धावक अन्तिम बिन्दु पुग्न लाग्दा भन्दा घुँडामा चोट लागि अचेत भएका थिए , उनलाई पनि आपत्कालिन उपचार पछि हस्पिटल लगिएको छ ।
आपत्कालिन उपचारको लागि एम्बुलेन्स तथा खानापिनको व्यवस्थापन सहित भएको “स्ट्रिट होर्स” का मुख्य कार्यकारी तथा सह संस्थापक लियाङ बक्सिङले भने , “यसपटक सामन्यतया ६४ जना धावकहरु घाइते भएपनि ३ जनालाई मात्र उपचारको लागि अस्पताल लग्नु परेको छ, बांकी सामन्य रहेको छन् । उनले भने समग्रमा मौषम अनुकूल थियो धावकहरु उत्सुक थिए, हङकङमा हरेक बर्ष रमाइलो गरि गरिने दौड संस्कृतिको रुपमा आयोजना गरिन्छ ।

– घोडेे दौडका घाईतेलाई शिघ्र स्वास्थ्य लाभ होस् – हत्तेरी

Posted in Hong Kong, News | Leave a comment

पार्टनलिटी लिभ “सुत्केरो छुट्टी” थप ..!

हङकङ सरकारले दिने  ३ दिने  ( पाटर्निटी लिभ )   “बाउ बन्ने बिदा”  ( अथवा सुत्केरो बिदा ) जनवरी  १८ बाट ५ दिन दिने  घोषणा गरेको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

पार्सलवाला ड्रग्स कारोबारी पक्राउ !

क्यानडाबाट गत सोमबार कार्गो गरि हङकङ आएको दुइ पार्सल एक्सरे जाँचको क्रममा २.१ किलो चरेस भित्र लुकाएर प्याक गरी अन्य २ किलो (खतरनाक मानिने ) लागू अौषध फेला परेको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

नाङ्गै जगिङ!

ताइवाइमा आज दिउँसो साढे बाह्र बजे एक अधबैंसे महिला संपूर्ण नांगै कुदेर सबैलाई छक्क पारेकी छिन् । Continue reading

Posted in Hong Kong | Leave a comment

नेपाली सहित ३२ जना पक्राउ !

हङकङमा भइरहेको विभिन्न अपराध तथा गैरकानुनी कामको नियन्त्रण गर्ने उदेश्यले “वेष्ट काउलुन रिजनल ट्याक्टिकल र इमिग्रेसन डिपार्टमेन्टको सयुक्त टोली हिजोबाट संचालनमा आएको छ ।
हिजो जनवरी ९ को पहिलो अप्रेसन टोलीले
शंकास्पद स्थानहरु – चिम शा चुई , मंकक, शाम शेइ पो , काउलुन सिटी तथा केही रेष्टुरेन्टहरुबाट २४ देखि ७५ बर्ष उमेरका २३ पुरुष र ९ महिला गरि  केही मात्रा “आइस र हिरोईन” नामक लागू अौषध सहित ३२ जनालााई  पक्राउ गरि आवश्यक कार्वाही सुरु गरिएको समाचार छ ।
पक्राउ पर्नेहरुमा , लागू अौषध, चोरी, अवैध कामदार , अोभर स्टे लगायत तथा अवैध कामदारहरुलाई रोजगारी दिने दाताहरु रहेका छन् ।
अपराधमा संलग्न विभिन्न देशहरु मध्ये पाकिस्तान, इन्डिया, इन्डोनेसिया , नेपाल , बंगलादेश, भियतनाम लगायत गैरकानुनी रुपमा रोजगार दिँदै आइरहेको स्थानिय रहेको जाानकारी छ । साथै गैरकानुनी रुपमा कामदार संलग्न नगराउन प्रहरीले बारम्बार चेतावनी पनि  दिदै आईरहेको बताइएको छ ।

 

Posted in Hong Kong, News | Leave a comment

युन लङ सुन पसलमा

आज बिहान ०४:०० बजे युन लङको “124 B” ग्राउन्ड फ्लोरमा रहेको सुन पसलमा चोरी भएको समाचार छ ।
सँगै जोडिएर रहेको दुई सुन पसलमा अलार्म बजे पछि सेक्युरिटीले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले चेक जाँच गर्ने क्रममा उक्त सुन पसलभन्दा करिब ६० मिटर पर एउटा हार भुइँमा फेला परेको थियो ।
पसल इन्चार्ज तथा प्रह्ररी अनुसन्धानमा हङकङ डलर १ मिलियन भन्दा धेरैको सुन चोरी भएको ठहर छ । चोरीमा संलग्न ब्याक्तीहरु सि सि टि भी फुटेज अनुसार खोजी भइरहेको जनाइएको छ ।

– उता जुहाई पुल खोलिनु , हाइ स्पीड रेल खोलिनु र यता चोरीका समाचार दिनहुँ जस्तो घट्नु स्याल कराउनु र कुखुरा हराउनु जस्तै मात्रै होला र?

Posted in Hong Kong, News | Leave a comment

कन्स्ट्रक्सन कामदारको खसेर मृत्यु !

आज बिहान ०९:२१ बजे डायमंड हिल स्थित  एक बिल्डिङको २६ तलाको  स्काफल्डिङमा  काम गरिरहेका  ५१  बर्षिय ‘लि’ थर गरेको कन्स्ट्रक्सन कामदारको खसेर मृत्युु भएको समाचार छ ।
जानकारी अनुसार दुइ कामदार हिजोबाट उक्त तलाको आल्मुनियम झ्याल  निर्माणमा जुटेका थिए।
घटना लगत्तै अल्लार्म द्वारा प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिएको थियो । प्रह्ररी तथा  लेवर डिपार्टमेन्टद्वारा घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

बिशेषगरि कन्स्ट्रक्सनमा काम गर्नको निम्ति लेवर डिपार्टमेन्टले आवश्यक  तालिम  तथा सुरक्षा सम्बन्धि  उपकरणहरुको जानकारी तथा उपलब्ध गराइ योग्य ब्यक्तिहरुले मात्र उपयुक्त काम गर्न पाउने  ब्यवस्था छ ।

– कन्स्ट्रक्सनमा काम गरिरहनु भएका हत्तेरीका प्रिय  पाठकहरु !
“सेफ्टी फस्ट !” आवश्यक उपकरणहरु प्रयोग गर्न कन्जुस्याइँ नगर्नु होला ! जीवन अमूल्य छ हगि ?

Posted in Hong Kong, News | Leave a comment