गाडीको झ्यालबाट निक्ली अभियुक्त टाप!

हिंजो राति साढे एघार बजे मंकोकको पोर्टल्यान्ड स्ट्रिटमा रोकिरहेको कारलाई प्रहरीले तलासी लिन खोज्दा एक्कासि भागेपछि प्रहरीले कारको पिछा गर्यो । Continue reading

Posted in Hong Kong, News | Leave a comment

“सुशी” मशीनमा महिला च्यापिइन्..!

फोटोमा देब्रेपटि पीडित महिला

आज सोमबार २८ जनवरी दिउँसो करिब ४:०० बजे “क्वाइ चुङ” को वन्टा इन्डस्ट्रियल सेन्टरमा 23-31 मा “सुशी” प्याकिङ गर्ने मशीन सफा गर्दा “झेङ्” थर गरेको ४५ बर्षीय एक महिलाले अन्जानमा मेशीन छुइँदा आफ्नो दाहिने पाखुरा रोलरले सोरेर च्यापिएको समाचार छ ।
मशीनले पाखुरा च्यापिए पछि तत्काल एमर्जेन्सी स्टप गरि प्रहरी तथा तथा फायर फाइटरहरुलाई खबर गरिएको थियो ।
प्रहरी तथा फायर फायटरहरुको उद्धार टोली घटना स्थल पुगेर १ घन्टामा पनि उनको उद्धार गर्न नसके पछि थप उपकरणहरुद्वारा मेशीनलाई अलग अलग काटेर पीडित महिलालाको उद्धार गरि उपचारको लागि प्रिन्सेस मार्गरेट लगिएको समाचार छ

फायर फाइटरहरु ..

रेष्टुरेन्ट तथा फ्याक्ट्रीमा काम गर्नु हुने हत्तेरीको प्रिय पाठकहरु ..! ” काम गर्दा होस नगुमाउनु होला है ..”

Posted in Hong Kong, News | Leave a comment

“फ्लू”ले दुई बर्षे बालकको मृत्यु !

चिसो तथा मौषमी “फ्लू” को कारण आज बेलुकी ७:०० बजे एक २ बर्षीय बालकको चुन मुन हस्पिटलमा मृत्यु भएको समाचार छ । हङकङमा गत डिसेम्बर महिनाबाटै “फ्लू” को व्यापक माहामारी चलिरहेको र धेरैले ज्यान गुमाई सकेको भए पनि बालबालिका तर्फ भने यो पहिलो घटना हो ।
उनलाई गत २० जनवरीमा अत्याधिक ज्वरो आएको कारण तीन शुुुुइ  वाई हस्पिटलको एमेर्जेन्सी सेवामा उपचार पछि चुन मुन हस्पिटलमा ट्रान्सफर गरिएको थियो ।
जानकारी अनुसार डक्टरको रिपोर्टमा “नेक्रोटाइजिङ इन्सेफलाइटिस” भएको र सोही अनुरुप औषधी पनि खुवाई रहेको जनाईएको छ ।

– आफू तथा आफ्नो बच्चाहरुको ख्याल गरौँ …!
फ्लू बाट बचौँ ..!
मृतक बालक प्रति हत्तेरीको हार्दिक समवेदना !!

Posted in Hong Kong, News | Leave a comment

ज्ञान र प्रतीकको सहकार्य ‘तिम्रो याद’मा

गत हप्ता ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ।

जुनेली रातमा आफ्नो प्रेयसीको मीठो संझनालाई शब्द भावमा राम्ररी अभिब्यक्त गर्न सकेका शब्दकार प्रतीक चाम्लिङलाई स्वर तर्फ ज्ञान सुब्बा र संगीत तर्फ दिनेश सुब्बाले साथ दिएका छन् । Continue reading

Posted in Arts & Entertainment | Leave a comment

शनिबारबाट किन्डरगार्टनहरु बन्द !

हङकङको सबै किंडरगार्टन र चाइल्ड केयर सेन्टरहरु चाइनिज न्यु इयर आउनु भन्दा एक हप्ता अगाडि भोलि शनिबार २६ जनवरीबाट बन्द गर्न हङकङ सरकारले हिजो बिहीबार बसेको बैठकको निर्णय अनुसार सम्बन्धित निकायलाई सुचित गरेको छ ।
चिसो तथा खराब मौषमको कारण गत डिसेम्बर बाट सुरु भएको “फ्लू” प्रकोप सुरुको तथ्यांकअनुसार १८५ वयस्क र १४ बालबालिकाहरुमा फ्लू देखिएको थियो जसमध्ये ८१ वयस्कको मृत्युु भइसकेको छ भने बढि जसो सिकिस्त हुनेहरु बुढापाका र ९ बालबालिका रहेको छ । हालको अवस्थामा बालबालिकाहरुमा “फ्लू”को चाप अत्याधिक बढेको हुनाले बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गर्दै भोलिबाट बिदा हुने जनाइएको छ ।
शिक्षा मन्त्री केभिन युङ्का अनुसार “जसलाई बच्चाहरुको केयरमा समय अनुकूल मिल्दैन” ती अभिभावकहरुको समस्यालाई ध्यानमा राखि केही किन्डरगार्टन र चाईल्ड केयर सेन्टरहरु भने खुल्ला रहने बताईएको छ ।

Posted in Hong Kong, News | Leave a comment

नयाँ हङकङ आइ डी कसरी लिने?

पुन : जानकारीको लागि :-

हङकङ सरकारले परिवर्तन गर्न सुचित 1985 र 1986 मा जन्म मिति भएका आइ डी वाहकको लागि नयाँ स्मार्ट आइ कार्ड बनाउने मिति  जनवरी २१ बाट सुरु भइ मार्च ३० सम्म हुनेछ ।

 

कार्ड फेर्न कहाँ कहाँ जान सकिन्छ?

बिहान ८ बजेबाट राति १० बजे सम्म ( विदाका दिन बाहेक ) तोकिएको केन्द्रहरु संचालनमा हुनेछन् । आफूलाई पायक पर्ने ठाउँ हेर्न  यहाँ क्लिक गर्नुहोस् 

एपोइन्टमेन्ट बुकिङ कसरी गर्ने?

इमिग्रेसन डिपार्टमेन्टले सजिलो र छिटोको लागि प्रदान गरेको माध्यमहरु मार्फत  २४  दिन पछाडि सम्मको एपोइन्टमेन्ट बुकिङ गराउन सक्नुहुनेछ ।

१.  २४ घन्टे हटलाइन फोन कलबाट पनि एपोइन्टमेन्ट लिन सक्नु हुनेछ ।
जसको लागि हट लाइन नम्बर :- 21211234 रहेको छ।

१. अनलाइन  एपोइन्टमेन्ट लिन या क्यान्सिल गर्नको  लागि यहाँ क्लिक गर्नुहोस्

२.  यहाँ क्लिक गरी मोबाइल एप्स डाउनलोड गरेर पनि बुकिङ गर्न सक्नुहुनेछ

एपोइन्टमेन्ट लिएको दिन के कागजात लिएर जाने?

१. पर्मानेन्ट आइ डी कार्ड
वा
२. “***”तीन तारा वा एकतारा भएको आई डी कार्ड “*”
वा
३. १ जनवरी १९९९ पछि जारी गरिएको ‘R’ सिम्बोल भएको आइडी कार्ड

डिपेन्डेन्ट वा माथि उल्लेखित वर्गमा नपरेकाले भिसा टाँस गरिएको पासपोर्ट लिएर जानुपर्नेछ।

विस्तृत जानकारीको लागि बिहान ७ देखि राति ११ बजेसम्म यो फोन नम्बरमा फोन गरेर जानकारी लिन सक्नुहुनेछ , फोन – 3128 8668

कति समय लाग्छ?

तोकिएको केन्द्रमा एपोइन्टमेन्ट लिएर गई फोटो खिचाई, औंठा छाप  दिई आवश्यकीय कार्यवाही गरेपछि २ हप्तामा नयाँ आइ डी पाउन सकिन्छ ।

 

मेरो पालो कहिले आउँछ?

हाल सम्म १९८५-८६ सालमा र १९६८-६९ सालमा जन्म मिति परेकाहरुकोे लागि मिति तय गरिएको छ

2 1985 or 1986 21 January 2019 ( Monday ) – 30 March 2019 ( Saturday )
3 1968 or 1969 1 April 2019 ( Monday ) – 1 June 2019 ( Saturday )

अरुको निश्चित मिति तय नभए पनि संभावित मिति थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

 

 

Posted in Hong Kong, News | Leave a comment

सरकारले मायाले दिएको ४ हजार डलर कसरी लिने?

सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ। र, त्यसको लागि फाराम वितरण सुरु भएको छ। Continue reading

Posted in Hong Kong, News | Leave a comment

मिरामार होटलको झ्याल खसेर १ महिलाको मृत्यु! !

आज सोमबार  बिहान मेन्लैन्डबाट ब्वाईफ्रेन्डसँग हङकङ घुम्न आएको एक २५ बर्षिय महिलाको चिम शा चुईको “मिरामार होटल” अगाडि नाथनरोडमा हिँडिरहेको बेला होटलको १६ तलाको झ्याल खसेर टाउकोमा लागि मृत्यु भएको छ ।
भरखरै हङकङ आइपुगेर हिँडिरहेका उनलाई  १०:३० बजे अचानक माथिबाट १३० बाई ४४ सेन्टिमिटरको सिसाको झ्याल खसेर टाउकोमा लागि भुँइमा ढलि कोमामा पुगेको थिइन् ! एम्बेलेन्सले तत्कालै क्वीन एलिजाबेथ हस्पिटल याउ मा तेई पुर्याए पनि उनलाई १२: १६ बजे मृत घोषित गरेको थियो भने घटनाको प्रहरी अनुसन्धानमा झ्याल खस्नु भन्दा केही अगाडि मात्र क्लिनरले सफा गरेको र उनले बन्द नगेको कारण खसेको हुन सक्ने आशंका गर्दै क्लिनर ३८ बर्षिय महिलालाई गिरफ्तार गरि अनुसन्धानको लागि प्रहरी हिरासतमा लिइएको छ।
उक्त झ्याल चाबीले मात्र खोल्न सकिने हुनाले होटलमा बसेको गेष्टहरुमा कुनै शंका नभइ होटल स्टाफ नै जिम्मेवार रहेको पनि जनाइएको छ।
होटलले मृत महिला प्रति दुख ब्यक्त गर्दै परिवारलाई आवश्यक सहयोग  गर्न मञ्जुर रहेको बताइएको छ।

हत्तेरी ! “दशा बाजा बजाएर आउदैन” भन्छन् , हो रहेछ हगि ..?हार्दिक समवेदना !!

Posted in Hong Kong, News | Leave a comment

चुनमुन रिवर ट्रेड टर्मिनलको गोदाममा आगलागि !

हङकङ ,चुनमुन रिवर ट्रेड टर्मिनलमा रहेको गोदाममा आज आईतवार बिहान ०४:३५ बजे लागेको आगो दिउँसो ०१:३४ बजे करिब ९ घन्टा पछि नियन्त्रण  गरिएको समाचार छ ।
गोदाममा बिहान अचानक  आगो लागे पछि अलार्मद्वारा प्रहरी तथा फायर फाईटरहरुलाई खबर पुगेको थियो । आगो सुरु भएको ११ मिनेटमा दमकल सहित फायर फाइटरहरु पुगे पनि आगो नियन्त्र हुन नसके पछि थप बलको लागि सुरक्षा तथा आगो नियन्त्रणको विभिन्न उपकरण सहित १० वटा दमकल ४ एम्बुलेन्स साथै फायर फाइटर र सर्च उद्धार टिम लगायतको २०० भन्दा धेरै उद्धार टोली खटिएका थिए ।
करिब २०० मिटर लम्बाइ र ८० मिटर जति चौडाइ रहेको क्षेत्रफलमा फैलिएको आगलागीबाट मानवीय क्षति नभएको र उक्त गोदाममा ठूलो परिमाणमा इलेक्ट्रोनिक सामान तथा जुत्ता कपडा रहेको  थियो भने , आगो लाग्नुको कारण  अनुसन्धान भइरहेको जनाइएको छ ।

Posted in Hong Kong, News | Leave a comment

हङकङका नर्सहरु हड्तालमा जाने

सरकारी अस्पतालहरुमा फ्लुले गर्दा बिरामीको चाप बढ्दा पनि सरकारले यथोचित ब्यवस्था नगरेको भन्दै आइतबार हङकङका नर्सहरु विरोधमा उत्रने भएका छन् । Continue reading

Posted in Hong Kong, News | Leave a comment