यातायात सहुलियत कसरी लिने?

क्यारी लाम सरकारको पूर्व घोषित योजना अनुसर महिनावारी ४ सय भन्दा बढी अक्टोपस प्रयोग गरी यातायातमा खर्च गर्नुहुन्छ भने अब तपाईंले २५% सहुलियत पाउनु हुनेछ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

५० लाई सुन्ना ५००…

यसपटक नयाँ वर्षमा लाइसी थाप्दा केही मानिसहरु भने राम्रैसँग झुक्किएका समाचार छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

रेलिङको हेन्डरेल भाँचेर रेलको लिकमा खसाल्नेहरु पक्राउ…

खसालिएको हेन्डरेल!

ताइ पो मा रेलिङको हेन्डरेल भाँचेर रेल वे ट्रयाकमा खसाली सेवा अवरुध्द गराएको अभियोगमा हङकङ प्रहरीले दुई किशोरलाई समातेको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

भुताहा घरमा सेक्युरिटी गार्ड मृत…

साइ यिङ पुन कम्युनिटी कम्प्लेक्स मा रहेको १२७ वर्षे बिल्डिङमा आज बिहान साढे नौ बजे ५६ वर्षे सेक्युरिटी गार्ड मृत अवस्थामा फेला परे । Continue reading

Posted in Hong Kong, News | Leave a comment

पुष्पन पंक्षीहरुका माझ – एक साँझ…

उल्टो पुष्पनको हातबाट खादा सम्मान ग्रहण परेर गमक्क हामीहरु!

‘सँगै सहर जाऊँ भन्दा रोएर मान्दै मानिनस्
भगाई दूर देश लैजान कहिल्यै जान्दै जानिनस्
जब म बसें गाडामा अन्तिम पल्ट दिएँ हात
तँलाई पिपल प्यारो भो मलाई तान्दै तानिनस्
अब तँ एक्लै खेत खन् अब तँ एक्लै माघी मान्
अब म तँलाई पर्खन्न अब म देहात फर्कन्न
सुन रे सियाराम ! सुन रे सियाराम !’ Continue reading

Posted in Arts & Entertainment | Leave a comment

नक्कली बिवाह गर्ने नेपाली सहित ३७ पक्राउ !

हङकङ  इमिग्रेसन डिपार्टमेन्टको एक अप्रेसन टोलीले नक्कली बिवाहा गर्ने गराउने गरि जम्मा ३७ जनालाई पक्राउ गरेको समाचार छ। जसमध्ये मुख्य नक्कली बिवाहा गराउन संलग्न ५ जना हङकङे, र नक्कली बिवाहित १३ जना भारतीय र नेपाली  घरेलु कामदार २ मेन्डलैन्ड महिला र १७ हङकङे पुरुष रहेका छन् ।
इमिग्रेसन डिपार्टमेन्ट सहायक निर्देशक “फोङ” का अनुसार अनुसन्धानमा समूहको एक हिन्दी र नेपाली भाषा बोल्ने महिलाको समूहले हङकङे पुरुषहरुलाई प्रलोभनमा पारि नक्कली बिवाहा गराइदिने र चार्ज स्वरुप २० हजार देखि ६० हजार हङकङ डलर लिने गरेको बताएका छन् । साथै बिवाहा गराउनको लागि “क्लक होटल” भाडामा लिइ प्रयोग गर्ने गरेको र उक्त होटलको कोठामा ठूलो परिमाणमा नक्कली बिवाहाको सर्टिफिकेट , हङकङ आइ डी , पासपोर्टको फोटोकपी, फोटो तथा मोबाईल फेला पारेको छ।
त्येसैगरी अर्को एक समूहले सोही होटलमा फरक कपडामा फोटो खिचाइ ४० हजार देखि १ लाख ५० हजार डलर सम्म फि लिई नक्कली बिबाह गरिदिने गरेको पनि फोङ ले बताएका छन् ।
इमिग्रेसन डिपार्टमेन्टले पक्राउ पर्ने मध्ये १५ जनालाई दोषी साबित भएको र उनीहरुलाई १० देखि १८ महिना जेल सजाय हुनेछ भने यस अपराधमा संलग्न मुख्य ब्यक्तिहरुलाई भने जिल्ला अदालतको अनुसन्धानमै रहेको र यो महिनाको २८ फैसला हुने बताएको छ ।

Posted in Hong Kong, News | Leave a comment

गोरुलेे सुपर मार्केटमा मनायो न्यु इयर !


हिजो बिहिबार साँझ लान्ताउ आइलैन्ड मुइ वो को एक सुपर मार्केटमा अप्रत्याशित रुपमा भोकाएर आएको एक हूल गोरु पसेर बकेटमा राखिएको फलफल खाएको भीडियो यतिबेला सामाजिक संजाल भाइरल बनेको छ।
न्यु इयर मनाउन सुपर मार्केटमा पसेका ३ जंगली गोरुहरुले विशेषगरी फलफूलमा स्याउ र चेरी मन पराएर खाएको थियो भने केरा चैँ नखाएको प्रत्यक्षदर्शीले बताएको छ ।
यसरी गोरुको हूल पसे पछि सुपर मार्केट स्टाफले प्रहरीलाई खबर गरि अन्य सामानहरु खानबाट सतर्कता गराई अन्त सारिएको थियो ।
“लान्ताउ बफेल्लो एसोसिएसनका” अध्यक्ष “हो लोइ” अनुसार यसरी मार्केटको दृश्य देख्दा भने जंगलमा मान्छेहरुको चाप सँगै प्रदुषण बढेर प्रसस्त मात्रामा घाँसहरु नपलाएर गाई गोरुलाई चरनमा साघुरो भएको हुन सक्ने बताएको छ ।

– गोरुहरुले पनि कुङ हेइ फात चोई मनाएछ हगि ?

Posted in Hong Kong, News | Leave a comment

ताइ कोक सुइ मा मृत मानिस भेटिए !

ओक स्ट्रिट ताइ कोक सुइ को एक बिल्डिङमा ६० बर्षे मानिस मृत भेटिएको समाचार छ ।
आज शुक्रबार बिहान ०९:०७ बजे एक क्लिनरले बिल्डिङको प्यासेज सफा गर्दै गर्दा कोठाको ढोका भित्रबाट रगत र पानी बगेको देखे पछि शंका लागि सेक्युरिटीलाई खबर गरेको थियो । सेक्युरिटीले प्रहरी तथा फायर फायटरलाई खबर गरेको थियो । प्रहरीले कोही भए ढोका खोल्न अनुरोध गरे तर केही जवाफ नआए पछि ढोका तोडेर भित्र हेर्दा कोठाको भुँईमा एक मृत मानिस भेटिए । प्रहरी अनुसन्धानमा उनी एक अविवाहित पुरुष एक्लै बस्दै आएको र उनको मृत्यु केही दिन पहिलेनै भईसकेको जनाएको छ ।

– यो शहरमा को आफ्नो ? को पराई ?
मृत्युुले साइरन बजाउँदैन हगि ?

Posted in Hong Kong, News | Leave a comment

सार्वजनिक बि बि क्यु स्थलमा कार्यक्रम गर्ने नेपालीलाई चेतावनी !

फोटो साभार- on.cc

हङकङमा सार्वजनिक बि बि क्यु स्थलहरुमा प्रायजसो हरेक पब्लिक होलिडेमा हुने गरेको नेपालीहरुको विभिन्न कार्यक्रमहरुको स्थानीय मिडियाको रिपोर्ट सँगै गम्भीर आलोचना भइरहेको छ ।
विशेषगरी “कन्ट्री पार्क” मंकीहिलमा ठुलो संख्यामा भेला भइ बि बि क्यु स्थलहरु ओगटिने साथै राष्ट्रिय सांस्कृतिक भेषभुषामा सजिएर विभिन्न ब्यानरहरु टाँगेर मदिरा सेवन गरि हो-हल्लाका साथ गरिने कार्यक्रमले वातावरणमा असर तथा प्रदुषण हुन गएको कृषि तथा माछापालन संरक्षण विभाग AFCD को रपोर्टमा हङकङ सरकारको ध्यानाकर्षण भएको जनाएको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment

चिनियाँ नयाँ वर्षको परिचय – किन्दर राई

 

परिचयः
चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात “चाइनिज न्यु इयर” हो । Continue reading

Posted in Article | Leave a comment