हङकङले नक्कली शरणार्थी सम्बन्धि कडा नीति ल्याउने

refugee

हङकङ सरकारले नक्कली शरणार्थी सम्बन्धि कडा नीति ल्याउने जनाएको छ । अधिकारीहरुका अनुसार हाल १० हजार भन्दा बढि शरणार्थी आवेदनहरु छन्, जसमा कैयौं गलत दाबीकर्ताहरु सामेल छन् । Continue reading

Posted in News | Leave a comment

दुर्ब्यवहारको आशंकामा आमा बाबु पक्राउ

singpao

 

मिङ पाउ डेलीका अनुसार हङकङ प्रहरीले मानसिक सन्तुलन गुमाएकी ७ वर्षीया बालिकाको अवस्थाको लागि उनको परिवारलाई दोषी रहेको आशंकामा हिजो गिरफ्तार गरेको छ । Continue reading

Posted in News | Leave a comment

विद्यार्थी द्वारा आत्महत्या

मिङ पाउ डेलीका अनुसार शैक्षिक सत्रको पहिलो दिनै सिटी युनिभर्सिटीका एक छात्रले हिंजो मंगलबार आत्महत्या गरेका छन् । Continue reading

Posted in News | Leave a comment

ढंगानालाई – बिक्रम सुब्बा

FB_IMG_1441753761673ढंगाना जी,
तपाइँ बोल्दा कुन भाषा प्रयोग गर्नु हुन्छ? खस भाषा बोल्नु हुन्छ ! यो तपाइँको पहिचान हो कि होइन? नेपालमा यही खस भाषाले नेपालमा बोलिने अन्य भाषालाई (सरकारी नीति मार्फत नै) मारिरहेछ । नेपालको सन्दर्भमा खस भाषालाई भाषा वैज्ञानिकहरूले Killer (हत्यारो) language भन्छन् । Continue reading

Posted in Article, Featured | 3 Comments

गीत सिर्जना र मेरो अतीत – मनु कन्दङवा

IMG-20150908-WA0013“स्वरुपले त जन्मिदै हार्मोनिय लिएर जन्मेको, म कहाँ तोङबा सँग जन्मेको ” वहाँले तोंङबा सँग लेख्नु भएको रहेछ मैले टुंगना जस्तो देखेँ, एकछिन गमेर हेर्नु पर्यो । Continue reading

Posted in Article | Leave a comment

नातिनीलाई नाङ्गै भुतुङ्गै फेला पार्दा हजूरआमा आतंकित

grandma

मलमा खेल्न छोडेको आफ्नी ४ वर्षे नातिनीलाई नाङ्गै भुतुङ्गै फेला पार्दा ६४ वर्षे हजूरआमा आतंकित भएकी थिइन् ।
याउ तोङ सपिङ मल भित्र रहेको केटाकेटी खेल्ने मेज मा यहि अगस्ट ३१ तारीख साँझ ४ बजेतिर उनकी नातिनी तुङतुङ त्यहीँ भेटिएका एक बालकसँग हात समाउँदै खेल्न लागेकी थिइन् । केही समयपछि हजूर आमाले तुङतुङलाई भेट्दा उनी आफ्ना लुगाहरु हातमा बोकेर नाङ्गै उभिरहेकी थिइन् । Continue reading

Posted in News | Leave a comment

तु का वान मा चोरी!

retiree

यही शनिबार, तु का वान जिल्लाको एक आवासमा सेक्युरिटी नभएको दाउ पारी चोरी भएको छ । उक्त भवनमा पुरानो सेक्युरिटीको करार सकिएकोले नयाँ सेक्युरिटी बहाल गरिसकेको थिएन। Continue reading

Posted in News | Leave a comment

ज्योतिको घुँडामा घाउ?

Jyoti-Thapa-Magar-1

१६ अगस्ट साँझ अहिलेकी अति चर्चित गायिका ज्योति मगरले हङकङवासी नेपालीहरुलाई नचाएरै छोडिन् । विनाशकारी भूकम्पमा परेका खोटाङवासीहरुको सहयोगार्थ भनेर खोटाङ समाज हङकङले आयोजना गरेको ‘खोटाङ हलेसी साँझ- ३ ‘ नामक उक्त कार्यक्रममा गायक राजेश पायलले अध्यागमनको कारणले गाउन नपाएपछि दर्शकलाई सन्तुष्टि दिने पूर्ण जिम्मेवारी ज्योति थापा मगरको काँधमा आएको थियो । सचिन राई, महेश खड्काको राम्रो प्रस्तुतिको साथ पाएकी ज्योतिले आफ्नो प्रस्तुतिले युवा मनका दर्शकहरुलाई भने सेलेक्कै पारिन् ।

 

तर आफ्नी ९० वर्षीया बज्यै सासू सहित कार्यक्रम हेर्न पुगेकी खोटाङकी सीता राईलाई भने खपिनसक्नु भयो । “यस्तो प्रस्तुति हुने थाहा भएको भए म यसरी आउने थिइनँ ” सीताले कस्सम खाइन् । ज्योतिले फ्रक उचाली उचाली नाच्दा मान्यजनहरुसँग सपरिवार गएका सीता जस्ताहरु गुनासो गरिरहेका थिए ।
एउटा कुरा भने के स्पष्ट भयो भने ज्योतिसँग जवानीको लट्का झट्का मात्रै होइन दमदार आवाज पनि छ । बिना प्रतिभा उनले चर्चाको शिखर चुमेकी होइनन् , सुर र स्वरको उभार पनि उत्तिकै छ , नत्र ज्योति भन्दा धेरै अंग देखाउने अरु पनि नेपाली मनोरंजन उद्योगमा थुप्रै थिए र छन् पनि ।

राजेश पायलले नगाएपछि टिकटको पैसा फिर्ता माग्न आउने स्थितिबाट ज्योतिले आयोजकलाई बचाइन् । तर छोटो पहिरनमा देखिएको उनको घुँडाको घाउ देखेर कार्यक्रमपछि सबै दर्शक ज्योतिको घुँडामा कसरी घाउ लाग्यो होला भनी अनुमान गरागर गरिरहेका थिए । हत्तेरी!

pic: Black Pig Hong Kong

Posted in Arts & Entertainment | Leave a comment

माओ शानमा मृत फेला परेका बाबू र छोराहरु बारे थप समाचार

Screenshot_2015-09-07-12-17-49

माओ शानमा मृत फेला परेका बाबू र छोराहरु बारे केही खुलासा भएको छ । प्रहरीलाई प्राप्त बाबू चानको सुसाइड नोटको अनुसार चान बेरोजगारी र ब्यवसाय धराशायी हुनाले डिप्रेसन् को सिकार भएको बुझिन्छ । कम्प्युटर विज्ञानर ब्यवसायमा क्यानडाबाट डिग्री हासिल गरेका ५२ वर्षका चान एक जिम्मेवार अभिभावक थिए । चीनमा उनको ब्याट्री निर्माण गर्ने फ्याक्ट्री थियो तर १० वर्षका जेठा छोरा सुस्त मनस्थिति का भएपछि उनले बसाइँ हङकङमा सारेका थिए । चीनमा रहेको फ्याक्ट्री जिम्मा लाएको आफन्तले ब्यवसायमा हिनामिना गरेपछि चानलाई करोडौंको नोक्सान बेहोर्नु परेको थियो । अन्ततः ब्यवसाय बन्द गरेका चानले श्रीमतीसँग पनि पारपाचुके गरेका थिए ।
आफ्नो मृत्युु पत्रमा उनले यी सबै आत्महत्याको कारणको रुपमा उल्लेख गरेका छन् ।
चानले दुवै छोराहरुलाई मुसा मार्ने औंषधी खुवाएर आफूले पनि कोठामा धुँवा पारी गुम्साएर आत्महत्या गरेका थिए ।

Posted in News | Leave a comment

हिट्स एफ एम अवार्डमा ६ विधामा मनोनित “रुमानी बतास” बारे

rumani batas2

 

“मलाई सोध्दै आज कोही आयो आएन
सोधेँ घरलाई घरले केही भन्नै सकेन”
पोहर साल गायक रबिन शर्माको गायनमा रहेको “परेलीको आकाशमा “एल्बममा रहेको यस गीतले निक्कै चर्चा कमायो । हिट्स एफ अवार्डमा ५ विधामा नोमिनेट भएर सर्वश्रेष्ठ गायन र म्युजिक एरेन्जमेन्टमा गरी २ विधामा यो पुरस्कृत भयो । Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment