जोर्डनमा हत्या

newluckyhouse-murder

हिंजो बिहान ५:१५ बजे, हङकङ प्रहरीले जोर्डन स्थित न्यु लक्की हाउस भएको बिल्डिङको १२ औं तलाबाट एक लास बरामद गरेको छ । Continue reading

Posted in News | Leave a comment

याउ मा तेइमा ट्याक्सी तोडफोड

taxi

हिंजो याउ मा तेइमा ४३ वर्षे लामको ट्याक्सीमा तोडफोड भएको छ । Continue reading

Posted in News | Leave a comment

मिरा मञ्जुल पुरस्कृत

खेलाडी तथा अल्ट्रा रन च्याम्पियन  मिरा राईलाइ  यो वर्ष ‘भोजपुर प्रतिभा पुरस्कार’र  वरिष्ठ  कवि मन्जुललाइ   ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । Continue reading

Posted in News | Leave a comment

डलर साहित्य

niraj rai

गाह्रो छ है साथी प्रवासी जिन्दगी।यसो मनको कुरा पोखाउन दुइचार शब्द कोरेर फेसबूकको भित्तामा टासिदियो। नेपालकाले डलर साहित्य भनेर उडाईहाल्ने

लेखेन भने बिदेशी रमझममा हरायो, देश बिर्सियो भनेर

बजाइहाल्ने। हैट !

आबो नेपालमा राजनीतिक उथलपुथल हुन्छ,मन मान्दैन जे भएपनी आफ्नो देश हो भनेर यसो दुई चार अक्षर लेख्यो,”डलर गन्नु छाडेर केको नेपालको सुर्ता गर्छौ?,राजनिती गर्ने भए नेपाल आएर गर !,बिदेशमा बसेर मान्छे भडकाउने काम नगर “भन्छ। कत्तिनै नेपालमा बसेर देशको राजनितीलाई उभो लगाए जस्तो।नेताको झोले भएर पूच्छर हल्लाउदै यसो भूईमा झरेको मह चाट्ने राजनिती गर्नु भन्दा त बिदेशमा पसिना बगाउनै बेस।फेरी त्यो हरिलट्ठकहरूलाई के थाह कि नेपालमा भएका राजनितिक पार्टीहरू भन्दा धेरै संघ सस्था यहाँ छ भनेर। झन यहा चल्ने सस्थागत  राजनितीको गन्ध मात्रै सुघ्यो भने तिनीहरू तीन चित खाएर पिर्लिक्कै हुन्थ्यो।

अस्ति होङकोङका एकजना बरिस्ठ साहित्यकार दाइको कृतिले अन्तर्राष्ट्रिय पुरस्कार जितेको खबरले फेसबूकको भित्ता रङ्गिए पछि मैले पनि बधाई तथा शुभकामना टक्र्याउदा उनले मायुस भएर गुनासो पोखे, “के गर्नु र भाइ ,जत्तिनै अन्तरास्ट्रिय पूरस्कार हात पारेपनि नेपालकाले डलर साहित्य भनेर बन्दा पत्याउदैन।” एक छिन सास फेरर उहाले थप्नु भो, “खोइ के हो यो डलर साहित्य भनेको, तर यसले म जस्तो साहित्यमा आधा उमेर बिताइसकेकोलाई चै चसक्क दुख्दो रछ।”

हुन पनि नेपालमा चलिरहेको ट्रेन्ड अनुसार कलम चलाउनु बिदेशमा बस्ने नेपालहरू को लागि अप्ठ्यारै हुन्छ। यहाँ आँखा मनले एउटा कुरा देख्छ बुझ्छ अनि लेख्दा चै नेपालको बिषय उठान गर्दा अपूरो नै हुन्छ लेखन।फेरि आफै नेपालमा नरही नेपालका मिडियाले पस्केको समाचार अनि साहित्य रचनालाई पढेर बुझेर कलम चलाउदा कहि न कहि सतही हुनु स्ववाभिकै हो।अनि कहिले आउछ र बजाउला भनेर ढुकी रहेकाहरू स्वाद लिइ लिइ डलर साहित्य भनेर बजाउछन। त्यसैले  लगभग एक बर्ष अघि होङकोङमा नेपालका बिभिन्न वाद ,आयाम भन्दा

अलग रहेर  यहिको ब्यस्त जीवनशैलीमा आधारित छोटो अनि सरल भाबका, काममा जादा फर्किदा पढ्दा मन ताजा हुने शैलीका कबिता लेखन शुरू भो। जसलाई चाउचाउ कबिता नामाकरण गरियो। यहाँका उत्साही साहित्य अनुरागीहरूले त्यसलाई अभियान कै रूपमा अघि बढाए। अनि यसैमा आधारित भएर चाउचाउ कबिताका मुख्य अभियन्ता हाङयुगले निकालेको चाउचाउकबिता सङ्ग्रह “होङकोङ “को नेपालमा भएको बिमोचनमा तथाकथित नेपाली साहित्यका मूलधारेहरूले बुझ्दै नबुझी, यसको धज्जी उडाए। (मैले यहाँ बुझ्दै नबुझी भन्ने शब्दको किन प्रयोग गरे भने ती मध्ये आहुती होङकोङ आउदा दिएको प्रष्टिकरण अनुसार उनले चाउचाउको अर्थ एकाङ्गी तवरले बुझेको थिएछ।) आबो हङकोङ जस्तो कृतिको त यो हबिगत भएपछि सक्किगोनी!

यो प्रबिधीले गर्दा साहित्यकारहरूलाई सजिलो चै पक्कै भएको छ। एकजना वरिष्ठ कविले भने जस्तो, “लेख्यो, फेसबूकको भित्तामा टासिदियो। एकैछिन पछि पाठक प्रतिकृया आउना थाल्छ। लेखक र पाठक बीच सोझो अन्तरकृया त्यो पनि तुरुन्तै हुनेहुदा लेखकलाई पाठकको मन र चाहना बुझेर काम गर्नु सजिलो हुदोरहेछ।” वरिष्ठले नै स्विकारेपछी सक्कीगोनी हगी?

“कसैले आमाको गर्भबाटै लेख्न सिकेर आउदैन, सबैको शुरूवात शून्यबाटै हुन्छ “यो बिश्वब्यापी नारा मनन गरेर लेख्न रहर गर्नेको लागि त बरदाननै लिएर आएको छ सुचना प्रबिधी। लेख्यो फेसबूकमा हाल्यो,परिवार र दुई चार साथीहरूले लाइक ठोकी हाल्छन, अझ प्रोत्साहन स्वरूप अन्तरमनको गहिराई बाटै कवित्व जुर्मुराउने खाले कमेन्ट पाउँदा त कबितामै कबितामै खाउ ,,कबितामै बोलौ जत्तिकै हुने ।(यो चै म आफैले भोग्दै गरेकोले यति बिस्तृत लेख्न सकेको हू;););)।

तर जे जस्तो भएपनी लेख्ने लत बसिसकेका हाम्रा वरिष्ठहरूले नेपालको मुख ताक्नै पर्ने दिन गए।अब उनिहरू यस अन्तर्राष्ट्रिय महानगरीका अन्तर्राष्ट्रिय साहित्यकार भैसके।हामी सिकौरेको लागि फेसबूक जिन्दाबाद! तर यी मूलधारेहरू पो के भाको? हामी प्रबासीले नेपालमा पैसा मात्रै पठाओस अनि चुपचाप बसोस बाकी कुरा हामी गर्छुम भन्ने सोच लिएर हामीलाई मुर्गा ठान्ने तिनीहरूको डडाल्नो मस्काउने सल्लाह गर्दैछन हाम्रा होङकोङेली श्रष्टाहरू कि आबो नेपालमा रेमिटेन्सको रूपमा पैसा हैन, बिचार /रचना पठाउने भनेर। यो खबरले म त खुशी भए मूलधारेहरू चै क्यागर्दारान हेरम।

 

 

 

 

 

 

 

 

 

 

Posted in Hatteri | Leave a comment

संसारमा मानवता तुरेको छैन

chun

यो आइतबार ७२ वर्षीया वयोवृध्दा चुनको टाउकोमा पहाड खसे जस्तो तब भयो जब उनले पत्तो पाइन् कि उनको जायजेथाको नाममा संचित रकम चोरियो । Continue reading

Posted in News | Leave a comment

सुसी किन्दा दाँत फ्री

sushi

टेक अवे खाना लाँदा चम्चा,चप स्टिक, टिस्यु पेपर खानासँग हुनु त स्वभाविकै हो तर सुसी एक्सप्रेसले टेक अवे खानाको सेटमा नक्कली दाँत पनि राखिदिएको छ । Continue reading

Posted in News | Leave a comment

नेपालको संविधानमा भारतको चाहना

यी हुन् भारतले नेपालकाे संविधानमा चाहेकाे ७ संशाेधन

भारतीय विदेश मन्त्रालयको गाेप्य रिपोर्ट Continue reading

Posted in News | Leave a comment

अमर उजाला पत्रिकाको सनसनीपूर्ण खुलासा

काठमाडौं, ५ असोज । नेपालको संविधान बनेदेखि रिसाइरहेको भारतले नाकाबन्दी गर्ने धम्की दिइरहेका बेला एक प्रमुख भारतीय पत्रिकाले सनसनीपूर्ण खुलासा गरेको छ । Continue reading

Posted in Article | Leave a comment

भारतले नेपालमाथि नाका बन्दी



imageकाठमाडौँ, ५ भदौ – भारतीय पक्षले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ।

Continue reading

Posted in News | Leave a comment

स्मृतिको पुल मात्र छ, गोपाल र मबीच – पिटर जे. कार्थक

nggy

अनुहार फुस्रो कालो भएको थियो। माथि लेकतिर जाँदा घामको रापले डढेजस्तो। जिन्दगीभरि संगीत-अनुरागी भएर पहरा, छहरा, पखेरू, टाकुरा घन्काउँदै हिँड्ने गोपाललाई आखिर जिन्दगीप्रतिकै वैराग्यले खायो। Continue reading

Posted in Article, Featured | Leave a comment