तेह्रथुम साँझ : गाला रातै – रबिन राई

received_1245607852131482

हङकङ तेह्रथुम मञ्चले सार्वजनिक शौचालय निर्माणकार्यको लागि साङ्गीतिक मनोरञ्जन कार्यक्रममा विविध कारणले घरि कसको घरि कसको गाला रातै भो । Continue reading

Posted in Arts & Entertainment, Featured | 1 Comment

नेपाली छोरीको बिहेमा – दिनेश सुब्बा

(संगीतज्ञ कृष्ण भक्त महर्जन कि सुपुत्री ‘नेपाली छोरी ‘ एल्बम की गायिका सोनम महर्जनको विवाह पार्टीमा सहभागी हुँदाको अनुभव )

received_10156062184380137

 

कुरा त morning walk बाटै सुरु हुन्छ ।

“दाई ५० के जी  रागाको मासु नेपालबाट मगाको छु । Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

छिमेकी

niraj rai

 

मित्र,

मैले सोचे बुझेअनुसार

यो देशलाई उभो लाउन

बिगतमा कहिले सशस्त्र कहिले निशस्त्र,

क्रान्ती गरे, जनयुद्द लडे आन्दोलन गरे,

समयक्रमसङ्गै तय हुने सफलता र असफलता

ती सप्पै मैले मेरो थाप्लोमा

बोके ,भोगे,

बोकिरहेछु, भोगीरहेछु,

बोक्नेछु भोग्नेछु।

कि,

म यो देशको जनता हु।

यो  देश म जनताको हो ।

 

यो देश तथा,

हिमाल पहाड तराइ

सप्पै मेरो भएजस्तो,

यो सरकार यो नेता,

गणतन्त्र, सम्बिधान,

यो पूलिस, प्रशासन,

कानून अनि बन्दूकको गोली पनि मेरै हो।

तिम्रो पराधिन इतिहास भन्दा व्यापक छ

मेरो स्वाधिनताको आकाश,

फिरङ्गीले कुल्चिएका डोबहरूले

भरिएको तिम्रा छातीभन्दा

अजम्बरी छ

मेरो स्वभिमानको ईतिहास।

तेसो र

युगौदेखि मैले बचाएको यो देशको सिमाना

यो देशको माटोमा फूलेका

इन्द्रेणी सपना समेटेर ( पूरै नसमेटिए पमि समेटिने आश गरुम)

मैले लेखेको यो देशको सम्बिधानमा,

नपूगेकोमा म आफै पूर्याउछु।

फाटेकोमा, म आफै सिलाउछु

नमिलेकोमा, म आफै मिलाउछु।

कि, मैले बुझेको यो देशलाई

म आफै सम्हाल्छु

मलाई बुझ्ने यो देशले

मलाई सम्हाल्ने छ।

 

तेसो र मित्र,

मलाई भो चाहिन्न

तिम्रा जबर्जस्तीका सल्लाह

मेरो कमजोरीमा उभिएर

नफिजाउ भ्रामक हल्ला।

नबिर्स कि,

मेरो माटोमा बगेको रगतको भेलले

मलाई त बगाउछ नै,

सङगसङ्गै तिमी पनि बग्नेछौ

 

 

 

 

 

Posted in Literature, Poem | Leave a comment

भारतीय विज्ञप्तिको चौथो संस्करण

काठमाडौं, ८ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आइरहेको भारतले शुक्रबार चौथो विज्ञप्ती जारी गरेर नेपाललाई गम्भीर दोष लगाएको छ ।

संविधान घोषणापछि असन्तुष्ट भारतले शुक्रबारको विज्ञप्तीमा अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएको स्वीकार गरेको छ । नेपाल सरकारले भारतीय राजदूतलाई नाकाबन्दीबारे स्पष्टीकरण सोध्ने तयारी गरिरहेका बेला भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती मार्फत अघोषित नाकाबन्दी लगाएको प्रष्ट पारेको हो ।

‘त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम’ भएको विज्ञप्तीमा उल्लेख छ । यसअघि सरकारले भारतीय राजदूत रञ्जित रेलाई नाकाबन्दी सम्बन्धमा जवाफ दिन बोलाएको थियो ।

‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाह पायौं । त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणामा हो’, भारतीय विदेश मन्त्रालयले भनेको छ ।

भारतले विज्ञप्तीमा– ‘हामीले पहिले नै भनेका थियौं कि हाम्रा समान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौं ।’

यस्तै भारतले नाकाबन्दी र मधेस आन्दालनको समाधान राजनीतिक तहबाट खोज्न आग्रह गरेको छ । ‘अझै पनि हामी दोहोर्‍याउँछौं कि यो राजनीतिक समस्या हो, नेपाली नेतृत्वले नै यसलाई सम्बोधन गर्नु जरुरी छ’, विज्ञप्तीमा भनिएको छ ।

यसअघि भारतले नाकाबन्दी लगाउने धम्की र ७ बुँदे संशोधन सुझाव नेपाललाई दिएको थियो ।

यस्तो छ भारतीय विदेश मन्त्रालयको विज्ञप्तीःCPuZmqpUcAECjLM

– See more at: http://dainiknepal.com/2015/92109.html#sthash.3TgN7PcW.6UJN9xHF.dpuf

Posted in News | Leave a comment

जोर्डन ग्याङ् फाइटमा प्रहरीको खुलासा

गत 21 तारीख साँझ जोर्डनको ट्रेन स्टेशन प्लाटफर्ममा भएको लडाइँ र छुरा प्रहार बारे थप जानकारी खुलासा भएको छ। प्रहरीले जनाए अनुसार यस घटनाको कारण वो शिङ वो गिरोहबीच भएको आपसी मतभेद जनाएको छ । Continue reading

Posted in News | Leave a comment

‘इतिहासले बाबुरामलाई सधैँ धिक्कार्नेछ।’ – प्रचण्ड

 resign

एमाओवादी नेता बाबुराम भट्टराईका सहयोगी सञ्जिव क्षेत्रीले अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा दुई बजेको आसपासमा टेलिफोन गरे।

Continue reading

Posted in News | Leave a comment

भगत सुब्बा(लाजेसा याक्थुङ्बा): एक परिचय – खगेन्द्र लिम्बू

bhagat

लिम्बू गीतका सम्राट भगत सुब्बाले लिम्बू गीत गाउन र क्यासेट निकाल्न थालेपछि मात्र लिम्बू गायक-गायिकाहरूले लिम्बू भाषामा गीत गाउन थालेका हुन् । भगत सुब्बाकै प्रेरणा र प्रभावले आज धेरै गायक-गायिकाहरूले लिम्बू गीतहरू गाईरहेका छन् र चर्चित पनि भईरहेका छन् । भगत सुब्बाको नाम नसुन्ने लिम्बूहरू एकाध मात्र होलान् ।

सन् १९५३, जुलाई १८ मा तेह्रथुमको जलजलेमा जन्मिएका भगत सुब्बाले ‘याक्थुङ साम्लो’ भाग-१ म्युजिक नेपालबाट बजारमा ल्याएपछि पूरै लिम्बूवान घन्किएको थियो । यो क्यासेट एल्बमलाई तयार गर्न एरेञ्जरको रुपमा चर्चित गायक-सङ्गीतकार दिनेश सुब्बाले योगदान दिएका थिए र आजसम्म पनि दुबैजना साङ्गितिक सहकार्य गरिरहेका छन् । संयोगवस अहिले दुबै हस्तीहरू हङकङमा छन् ।

पालाम, हाक्पारेदेखि आधुनिक लिम्बू गीतसम्म योगदान दिने गायक-सङ्गीतकार-सङ्कलक भगत सुब्बाका प्राय: सबै लिम्बू गीतहरू सुपरहिट छन् । भगत सुब्बा लिम्बू ईतिहासका निमित्त अजम्मरी नाम हो । फेदापहाङ लाजेसाको रुपमा पनि चिनिने गायक सुब्बालाई राष्ट्रले वास्ता नगरे पनि लिम्बुवानमा उनी देव जतिकै पृय र सम्माननीय छन् ।

भगत सुब्बा धेरै बर्षदेखि हङकङ बसेर पनि लिम्बू गीतहरू लगातार गाईरहेका छन् । भगत सुब्बाको बिँडो थाम्न अर्का चर्चित लिम्बू गीतका गायक राजु आङ्देम्बे पनि हङकङ मै रहेका छन् । ईतिहास लेख्न र परिवर्तन गर्न एक व्यक्तिको योगदान कति महत्वपूर्ण हुँदोरहेछ भनेर बुझ्न भगत सुब्बाका लिम्बू गीतहरू लिम्बूवान तथा लिम्बू कलाकाहरूलाई अध्ययन गरे छर्लङ्ग हुन्छ ।

https://www.youtube.com/watch?v=WLq8umgYajo

 

Posted in Arts & Entertainment | Leave a comment

एमाओवादीबाट राजिनामा दिए बाबुरामले

baburam-bhattarai_12आश्विन ९, २०७२- नेकपा एमाओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् । Continue reading

Posted in News | Leave a comment

बाघको छालामा स्यालको हुइया



niraj rai

लघुकथा

-बाघको छालामा स्यालको हुइया-

बिहान,

नेताजी सबेरै उठेर, नित्यकर्म गदैथियो। अचानक उसले राती देखेको सपना सम्झिपायो र टोइलेट भित्रै बाट कराउन थाल्यो,”आज मलाई सपनामा भारतले तर्सायो धम्कायो।”

केहीबेर पछि नाश्ता गर्दै आफ्नो झोले, हुक्के,बैठकेहरूलाई तुरुन्तै “भारत मूर्दावाद भन्ने आशयको बिज्ञप्ति निकाल्न आदेश दियो।

 

दिउँसो,

अपिसमा बस्दाबस्दै, छिमेकी रास्ट्रको दूताबासबाट निम्तोआयो बेलुकीको गोप्य मन्त्रणालागि, त्यसलाई स्विकार गर्यो।

अनि दिनभर आएको फोन ओके, अच्छाजी, भन्दै टाउको हल्लाउदै रिसिभ गर्नमा ब्यस्त भयो साथै बेला बेला यसो झ्यालबाट टाउको निकालेर ,

“यो शीर र सगरमाथा झुक्नजान्दैन,

पराइको डरले खाटमुनी लुक्न मान्दैन।”

भन्दै बाघे गर्जाई गर्जिनु पनि बिर्सेन। नेताजीले।

साँझ,

बेलुकि छिमेकीमुलुकको निम्तो मान्न भोको बाघ भएर सुटुक्कै दुताबास छिर्यो।र केही घण्टापछि अघाएको पेटसङ्ग लुत्रुक्क मूसा भएर निस्कियो।

अनि बाहिर आफुलाई पर्खेर बसेको हुक्के चिलेमेहरूसङ्ग हुल बाधी आफ्नो स्यालकोअसली रूपधारण गरेर कराउन थाल्यो,”भारत हाम्रो असल मित्र हो। दुष्ट त हामी बीच झगडा गराउन तम्सिनेहरू हुन। भारत भ्राताकी जय! हुइया हुइया हुइया हुइया।”

 

 

 

 

 

Posted in Literature, Prose | Leave a comment

“ओली बित्थाको, मेरो माया किन रिसाको”

KP-Oli

काठमाडौं, ८ असोज । भारतविरुद्ध आक्रामक अभिव्यक्ति दिएर चर्चामा आइरहेका एमाले अध्यक्ष केपी ओली शुक्रबार नरम रुपमा प्रस्तुत भए । Continue reading

Posted in News | Leave a comment