LRT दुर्घटना हुँदा ३० घाइते

आज सोमबार बेलुकी ५ बजे न्यु टेरिटरी चुनमुन तर्फ गईरहेको 751 नम्बरको LRT र टुरिष्ट बस नाई वाइ लाईट रेल स्टेसन नजिक क्यास्टल पिक रोडमा ठोक्किँदा करिब ३० यात्रु घाइते भएको समाचार छ ।
घाईते हुनेहरुमा न्यु इयर मनाउनको लागि पारिवारिक जमघटमा सामेल हुन घर गइरहेका lrt मा सवार यात्रुहरु रहेको प्रहरी प्रवक्ताले जनाएको छ ।
दुर्घटनाको समय 60 बर्षे बस चालक भने आफ्नो ड्युटी सकेर पार्किङ तर्फ गइरहेको र उक्त बसमा भाग्यबस कोही यात्रु नरहेको जनाइएको छ भने चालकको पनि टाउकोमा चोट लागि अन्य घाइतेसँगै उपचारको लागि हस्पिटल लगिएको समाचार छ ।

हत्तेरी ! न्यु इयर मनाउने बेला हगि ?
घाइतेहरुलाई हत्तेरी शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *