KMB बस चढ्दा होशियार..

विगत ४ दिन देखि चलिरहेको सुइरो काण्डको क्रममा आज KMB बसमा आज पाँचौं सुइरो भेटिएको छ ।

59M को रुटमा चुन मुन फेरी मा चल्ने डबल डेकर बसको सिटमा आज दिउँसो ३ बजे एक पुरुष यात्रुले तीखो सुइरो भेटेपछि ड्राइभरलाई खबर गरे, ड्राइभरले तत्काल प्रहरीलाई रिपोर्ट गरेका थिए ।

गत बुधबार छुट्टाछुट्टै घटनामा सिटमा राखिएको सुइरोले २ महिला यात्रीलाई चोट लागेको थियो । 41A र 48X को रुटमा चढेका ती महिला यात्रीहरुलाई उपचारको लागि अस्पताल लगिएको थियो, चोट सामान्य भए पनि टिटानसको सुई लाउनु परेको बताइन्छ । बिहिबार 81 शातिनमा चल्ने बसमा र शुक्रबार होमान तिन देखि कुन्तोङ चल्ने 18 नम्बरको बसमा सुइरो भेटिएको थियो । बुधबारको घटनामा बाहेक बाँकी ३ घटनामा कोही घाइतेँ नभएको बताइन्छ ।

हालसम्म अपराधी अज्ञात रहे पनि सिसिटिभी फुटेजको निगरानी प्रहरीले गरिरहेको छ। यात्रीहरुलाई चोट पुर्‍याएर KMB को बदनामी गर्ने उद्देश्यले त्यसखाले कार्य गरेको हुनसक्ने अनुमान गरिएको छ । बस संचालकले बस संचालनमा ल्याउनुपूर्व राम्ररी जाँच गर्ने गरेको भए पनि यात्रुहरुलाई सचेत रहन आग्रह गरेको छ ।

बोल्नु पायो भन्दैमा प्याच्च नबोल्नु बस्नु पायो भन्दैमा थ्याच्च नबस्नु भन्ने नेपाली आहानै छ । हत्तेरीका साथीहरु! बस चढ्दा होश पुर्‍याउनु होला है!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *