Calbee चिप्सको कारखानामा ग्रिनेड बम….

हिंजो शनिबार चुङ क्वान ओ को Calbee चिप्सको कारखानामा एक ग्रिनेड बम फेला पर्‍यो ।

फ्रान्सबाट आयात गरिएको आलुको बाकसमा ग्रिनेड पनि आएको आशंका गरिएको छ ।
१ किलो तौलको ८ सेन्टिमिटर चौडा ग्रिनेड बिहान ९ बजे फ्याक्टरीको प्रोसेसिङ मेसिनले पत्तो लाएपछि तत्काल बम डिफ्युज टोलीलाई तैनाथ गरिएको थियो ।
विशेषज्ञहरुको टोलीले दिउँसो पौने १ बजे बमलाई सफलतापूर्वक निस्क्रिय बनाए ।

विज्ञहरुका अनुसार उक्त ग्रिनेड जर्मनीमा निर्माण भएको हो र पहिलो विश्वयुध्दताका आलुखेती गरिने जग्गामा दबेको हुनसक्ने अनुमान गरेका छन् ।
उक्त बम पड्किन गएको खण्डमा ५ फिटको दूरीमा रहेको जनधन क्षति गर्न सक्ने संभावना रहेको बताइन्छ, तर बमको सेफ्टि पिन नभएकोले नपड्किन पनि
सक्थ्यो भनिन्छ ।

हङकङमै जापानले दोस्रो विश्वयुध्दताका छरेका बमहरु बेला बेला परिरहेको बेला नपुगेर अब फ्रान्सबाट पहिलो विश्वयुध्दताकाको बम पनि आइपुगेछ, आलुको भीडमा आलुबम बनेर लुकेको ग्रिनेडलाई धन्न फ्याक्ट्रीको संयन्त्रले बेलैमा पत्तो लायो,  हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *