२० जनवरी देखि बस भाडा बढ्ने..

हङकङमा संचालनमा रहेका दुई बस कम्पनी सिटी बस र न्यु वर्ल्ड फर्स्सट बसलाई सरकारले क्रमशः ७ % र ५.६% ले भाडा बढाउने अनुमति दिएको छ।
आज मंगलबार सरकारले २० जनवरी देखि लागू हुने गरेर अनुमति दिएको हो ।

उनीहरुले १० वर्ष पछि मात्रै भाडा बढाउने अनुमति पाएका हुन्, पछिल्लो पटक सन २००८ सालमा उनीहरुले भाडा बढाएका थिए ।
एम टि आरको विस्तार लगायत टोल वृध्दि, तेलको मूल्यवृध्दि र कर्मचारीको भत्तावृध्दि आदि कारण देखाउँदै यस पटक उनीहरुले १२% ले भाडा वृध्दि गर्ने माग राखेका थिए ।

सिटी बसका ७४४ बसहरु ८५ रुटमा चल्दछन् भने न्यु वर्ल्ड फर्स्ट बसका ६८० बसहरु ९४ रुटमा चल्ने गरेका छन् । यी दुवै कम्पनी NWS Holding को स्वामित्वमा रहेका छन् ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *