१४ वर्षे किशोरी २ हप्तादेखि बेपत्ता

nee_sin-wing

मार्च २ तारीख देखि हराइरहेकी १४ वर्षे किशोरीको बारेमा जानकारी दिन हङकङ पुलिसले सार्वजनिक आव्हान गरेको छ । १२ दिन अगाडि दिउँसो आफ्नो नर्थ प्वाइन्टको किङ्स रोड स्थित घरबाट निस्केकी नि सिन विङ नाम गरेकी उक्त किशोरीको हुलियाको बारेमा पुलिसले १.५५ मिटर अग्लो, अन्दाजी ६० किलो तौल
रहेको बताएको छ । उनले कालो ट्राउजर , रातो ज्याकेट र स्पोर्टस् सुज् लगाएको बताइएको छ।

तपाईंले कतै देख्नुभएर पुलिसलाई खबर गर्न चाहनुभएमा 2860 6490 वा 9886 0034 फोन गर्न या rmpu-hki@police.gov.hk इमेल गर्न सक्नुहुनेछ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *