हुङहोममा ज्वेलरी स्टोरको पैसा लुटियो..

शुक्रबार बिहान १० बजे ४ जना लुटेराको समूहले ज्वेलरी स्टोरमा कर्मचारीहरुको साथबाट लगभग ६२ लाख हङकङ डलर लुटेर भाग्न सफल भएका छन् ।

हुङ होमको ज्वेलर्समा काम गर्ने ती २ कर्मचारीहरुले ब्याक प्याकमा यु एस डलर र हङकङ डलर बोकेर करेन्सी एक्सचेञ्जतिर जाँदै गरेको बेला ढुकेर बसेका ३ जनाले उनीहरुमाथि हमला गरेको बताइन्छ ।
आक्रमणकारीहरुले मास्क लगाएको र उनीहरुले छुरा प्रहार गरी कर्मचारीहरुलाई घाइतेँ बनाएको वताइन्छ ।

चौथो ब्यक्ति भने गाडी लिएर तैयार रहेको बताइन्छ, उनीहरुले प्रयोग गरेको चोरीको गाडी चेरी पार्क नजिक फेला परेको बताइन्छ । गाडीमा प्रयोग गरिएका छुराहरु बरामद भएका छन् ।
यस घटनामा हाल सम्म कसैलाई पक्राउ गरिएको छैन । लुटेराहरुले बोल्दा हिन्दी भाषाको प्रयोग गरेकोले उनीहरु भारतीय मूलका हुन सक्ने आशंका गरिएको छ ।

 

समाचारमा चारैतिर दक्षिण एसियाली मूलका ब्यक्तिहरुले लुटेको भनिरहेको समाचार छ, ब्रिटेनले युरोपियन युनियनबाट एक्जिट लिए ब्रेक्जिट भए जस्तै नेपालले दक्षिण एसियाली समूहबाट नेक्जिट् लिन के गर्नुपर्ने होला, लौ न!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *