हुङहोममा आगलागी १ को मृत्यु..

hung_yan_house_fire

आज शुक्रबार बिहान करीब १ बजेतिर हुङहोमको पब्लिक हाउसिङ स्टेटमा आगलागी हुँदा एक ६७ वर्षे महिलाको मृत्यु भएको छ ।एक्लै बस्ने उक्त वृध्दाको अपार्टमेन्टबाट धुँवा पुत्पुताएको र गुहार मागेको देखी सेक्युरिटी गार्डले पुलिसलाई खबर गरेका थिए । फायर फाइटरहरु तुरुन्तै आई आगो निभाएर वोङ थरकी ती वृध्दालाई कोठाबाट निकाले । तर धुँवाले गुम्सिएर अचेत भएकी वृध्दालाई क्वीन एलिजाबेथ अवस्थामा करीब २ बजे बिहान मृत घोषित गरियो । वृध्दाले पूजा गरेर धुपबत्ती बालेर छाड्दा आगलागी भएको आशंका गरिएको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *