हाइकरहरुका लागि दुर्भाग्यपूर्ण आइतबार

हिंजो आइतबार ३ दुखद घटनाहरुले हाइकरहरुको लागि दुर्भाग्यपूर्ण रह्यो ।

hiker

डेभिल्स पिक : घट्नास्थल ।

६३ वर्षीय एक वृध्दको डेभिल्स पिक, याउ तोङमा लडेर मृत्यु भएको छ । हिंजो आइतबार लो थर भएका उक्त ब्यक्ति ६० वर्षे इपसँग हाइकिङ गएका थिए । इपका अनुसार आधा बाटो पुगेपछि इप र लो संपर्क विच्छेद भएका थिए ।लो हराएपछि इपले अर्का पदयात्रीको सहायता लिई लो को खोजी गरेका थिए । उनीहरुले इपलाई डेभिल्स पिकबाट खसेर पानीमा झरेको पाए, उनलाई हेलिकप्टरले उध्दार गरी पामेला अस्पताल पुर्‍याएको केही घन्टापछि चोटका कारण उनको मृत्यु भएको थियो ।

लो एक ड्राइभर हुन्, उनका दुई सन्तान छन् । त्यसदिन काममा जान सर्टकट लिन खोज्दा उनी दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ ।

यसै गरी ५५ वर्षे एक वृध्दलाई मा पुई चुन को भीरमा हुरी आई फसेको अवस्थामा उध्दार टोलीले सकुशल उध्दार गरे ।

अर्को एक घटनामा २० वर्षे युवा डबल ड्रागन रिभर, लान्ताउमा हाङकिङ गर्दा गंभीर घाइते भएका छन् ।

 

स्रोत: एपल डेली

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *