हङकङ-जुहाई-मकाउ प्रोजेक्टमा कार्यरत २१ जना कर्मचारी पक्राउ..

dredging

हङकङको अख्तियार दुरुपयोग संस्थाले हङकङ-जुहाई-मकाउ प्रोजेक्टमा कार्यरत २१ जना कर्मचारीलाई काममा अनियमितता गरेको भन्दै पक्राउ गरेको छ ।

सरकारको कन्ट्याक्ट्रर कम्पनीमा कार्यरत ती कर्मचारी कङ्क्रिट टेस्टिङ सम्बन्धी जिम्मेवार रहेको बातइन्छ, सन २०१५ को सुरुतिर  उनीहरुले रिपोर्ट बुझाउँदा नियमित हिसाबले टेस्टिङ नगरी तथ्याङकहरु आफ्नो हिसाबले तोडमोड गरेको अख्तियारले फेला पारेको बताएको छ । पक्राउ पर्नेमा २ जना वरिष्ठ अधिकारीहरु, २ जना सिनियर साइट ल्याब टेक्निसियन , १२ जना टेक्निसियन र ५ जना सहायक रहेको बताइएको छ । सन २०१३ देखि उनीहरु बाउन्डरी क्रसिङ फेसिलिटी, हङकङ लिङक रोड र चेप ला कोक-चुनमुन टनलमा कार्यरत भएको बताइन्छ ।

 

यसरी ल्याब रिपोर्टहरु लापर्वाही गरी बुझाउँदा पुलको सुरक्षामा गंभीर असर पर्ने र गरी भ्याइएको काम पुन: गर्नुपर्ने पनि हुनसक्ने सम्बन्धित विज्ञको भनाइँ छ । २०११ देखि सुरु भएको यो प्रोजेक्ट १ वर्ष पछि धकेलिएको  यो प्रोजेक्टलाई अर्को  नयाँअत्तो आइलागेको छ ।

हाल छुट्टै संस्थालाई नियुक्त गरी भएका कामको पुन: परीक्षण सुरु गरिएको र हालसम्म त्यस्तो गंभीर त्रुटी फेला नपरेको सरकारका प्रवक्ताले जनाएका छन् ।

यसमा नेपाली परे कि परेनन् होला भनेर तपाईंलाई जस्तै खुल्दुली हत्तेरी लाई पनि लागेको छ तर पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन । जे होस्, को को परेछ भनेर चियो चर्चाो नगरी काममा आफूलाई दिइएको   जिम्मेवारी  इमानदारीपूर्वक निभाउनुमा नै सबैको भलो होला, नत्र हङकङ प्रमुख जस्तो मान्छे त जेलको हावा खाएर आए, हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *