हङकङ एयरपोर्टमा आगलागी

fireinairport

हङकङ एयरपोर्टको भि आई पि लाउन्जमा हिंजो शुक्रबार राति पौने दश बजे आगलागी भएको समाचार छ ।

टर्मिनल वानको दोस्रो तल्लामा रहेको भि आइ पी क्षेत्रमा एक्कासि आगलागी भई पूरै लाउन्जमा आगो फैलिएको थियो ।
एयरपोर्ट कर्मचारीहरुले यात्रीहरुलाई तुरुन्तै सुरक्षित क्षेत्रमा लगी पुलिसलाई खबर गरेपछि फायरम्यानहरुले २० मिनेटमा आगो नियन्त्रणमा लिए ।

घटनाको क्रममा कसैलाई चोटपटक नलागेको र विमानस्थलको सेवा सुचारु रहेको बताइएको छ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *