हङकङ आइ डी को लागि….

restrict zone

श्रीलंकाबाट फर्केर जुलाई १४ मा ट्रान्जिटमा हङकङ ओर्लेकी २६ वर्षे चिनियाँ महिलाले अवैध रुपमा हङकङ बसी बच्चा जन्माएकोमा यो बुधबार चुन वान अदालतले उनलाई ६ महिनाको जेल सजायँ दिएको छ ।

जि माओलिङ नामकी त्यस महिलाले ग्वाङजो जानुपर्ने फ्लाईटमा चढ्नुपर्नेमा बिसंचो भएको भनी
४० मिनेटको लागि डिले गराइन् । तर त्यसपछि उनी हङकङ एयरपोर्टको निषेधित क्षेत्रमा एक हप्ता लुकेर बसेकी थिइन् र सुत्केरी ब्यथा लागेपछि मात्रै निस्केकी थिइन् ।

आफ्नो बच्चाले हङकङको आइ डि पाओस् भनी उनले सबै योजना बनाएर आएको देखिन्छ । नत्र भरे भोलि भएकी गर्भवती किन श्रीलंका जान्थिन्?

हङकङ सरकारले कडाइ गर्दा गर्दै पनि गत साल कानुनी रुपमा अयोग्य २५४ बच्चा हङकङमा जन्मिए जसमा ९८ जना मेनल्यान्डको रहेको हस्पिटल अथोरिटीले जनाएको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *