हङकङमा विश्वकै महँगो कार पार्कको रुपमा रेकर्ड….

कार पार्क बेचेर एक दम्पतिले नौ महिना भन्दा कम समयमा २६ लाख डलर नाफा कमाएका छन् ।

गत साल सेप्टेम्बरमा 16.4 feet X 8.2 feet उक्त पार्किङ उनीहरुले ३४ लाख डलरमा किनेका थिए ।
सन हुङ काइको हो मान तिन स्थित अल्टिमा अपार्टमेन्ट कम्प्लेकस्को उक्त पार्किङ हिंजो सोमबार उनीहरुले ६० लाख डलरमा बेचेर विश्वकै महँगो कार पार्कको रुपमा रेकर्ड बनाएका छन् ।

हिसाब गर्दा प्रति स्क्वेयर फुटको ४४, ४४४ पर्न जाने देखिन्छ, जुन औसत आवासीय फ्ल्याटहरु भन्दा झन्डै ३ गुना महँगो हो ।
अब यस्तो महँगो पार्किङमा कस्तो कार पार्क गर्ने होला अनुमान गर्न सक्नुहुन्छ । हङकङमा घरमा लगानी गर्नुभन्दा त अब पार्किङ एरिया किन्दा पो फाइदा हुन्छ कि? लु विज्ञहरुको सुझाव पाऊँ त, आज मार्क सिक्स खुल्ने दिन पनि हो!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *